back
CTIZAN AD

उपनिर्वाचन २०७६ : नेकपाले चुनावी गतिविधि तीव्र बनाउँदै

वि.सं.२०७६ मंसिर ९ सोमवार

1K 

shares

९ मङ्सिर कास्की । कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी गतिविधि तीव्र बनाएको छ । यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग भोट माग्ने कार्यमा निरन्तर लागेका छन् ।

पोखरा महानगरका ११ वटै वडाका टोलटोलमा गठित निर्वाचन परिचालन कमिटीले चुनाव लक्षित कार्यक्रम अन्तर्गत महिला ¥याली, युवा मार्चपास, अन्तरक्रिया, घरदैलो, तथा कोणसभा आयोजना गर्दै आएका छन् ।

नेकपाका उम्मेदवार विद्या भट्टराईलाई विजयी तुल्याउन ११ वटै वडामा खटाइएको चुनावी कमाण्डर सहित केन्द्रीय, प्रदेश, स्थानीयस्तरका नेता तथा कार्यकर्ता परिचालित भइरहेको पार्टी जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन कमिटी संयोजक कृष्ण थापाले जानकारी दिए ।
जनतासँग पार्टी र सरकारले गरेका भौतिक विकाससँगै समृद्धिको अभियानलाई चुनाव लक्षित कार्यक्रमको माध्यमबाट जनताको घरदैलोमा सन्देश पुगेको बताउँदै उनले अबका कार्यक्रम मत संरक्षण र मतदाता शिक्षामा केन्द्रित हुने स्पष्ट पारे ।

पोखरा–१६ मा आज उम्मेदवार सहितको घरदैलो कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक तथा महिला, युवालगायत मतदाताले भट्टराई अधिकारीलाई चुनाव जितेर मुलुकको उच्च पदमा पुग्ने विश्वासका साथ आशिर्वाद दिएका थिए ।

नेकपा कास्की नं २ की उम्मेदवार भट्टराईले घरदैलोपश्चात् आयोजित कोषणसभामा विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ता नेकपाले कसैप्रति आक्षेप नलगाउने बताउँदै उनले अर्मला भन्ने ठाउँमा प्रतिपक्षी दल नेपाली काँग्रेसले पैmलाएका भ्रममा जनताले विश्वास नगर्ने बताए ।

नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानका अभियानकर्मी स्व रवीन्द्र अधिकारीले शुरु गरेका अधुरा सपना पूरा गर्ने जिम्मेवारी सहित पार्टीले आफूलाई उम्मेदवार बनाएको स्पष्ट पार्दै उनले पोखराको समग्र विकासका लागि सारथी बन्ने प्रतिबद्धा समेत व्यक्त गरे ।
“विश्वासले संसार जितिन्छ”, उनले भने, “जोसुकैले जस्तोसुकै अफवाह फैलाए पनि जनता जनार्दन हुन्, आफैँ सत्य छुट्याउन सक्षम छन् ।” कोणसभामा नेकपा नेता मीना गुरुङ, विनय थापा, तेजबहादुर गुरुङ, गोमा गौतम, मातृशिशु अस्पतालका उषा बरुवाल, लक्ष्मीनारायण आमा समूहका अध्यक्ष सपना जिसीलगायतले नेकपा विकासको संवाहक भएको बताए ।

पोखरा महानगरपालिकाको उत्तरी र दक्षिण भेगलाई जोडेको वडा नं ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडालाई समेटेको निर्वाचन क्षेत्रमा कूल ७१ हजार ८७१ मतदाता रहेका छन् ।

वि.सं.२०७६ मंसिर ९ सोमवार ११:२६ मा प्रकाशित

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...