९ मसिंर , काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सूचना प्रकाशित गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने स्नातक तह चौथो बर्षको परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना प्रकाशित गरिएको हो ।
परीक्षार्थीहरूले मङ्सिर ११ गते देखि पौष १० गते सम्म आआफ्नो क्याम्पसमा नियमित शुल्कमा र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर लिई परीक्षा आवेदन फारम भरी सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु हुन सूचनामा भनिएको छ ।
विस्तृत जानकारीका लागि :
वि.सं.२०७६ मंसिर ९ सोमवार ११:४७ मा प्रकाशित






























