back
CTIZAN AD

बागलुङको महोत्सवमा माछा समाउने प्रतियोगिता

वि.सं.२०७६ मंसिर ९ सोमवार

870 

shares

९ मङिस्र बागलुङ । माछा समाउने (हत्केला खेल्ने) प्रतियोगिताले यहाँ जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा नौलो आकर्षण थप्यो । आइतबार दरमखोलामा राखिएको प्रतियोगितालाई दर्शकले चाख मानेर हेरे । कुरमा हात हालेर माछा समाउने परम्परागत सीपलाई स्थानीयले ‘हत्केला खेल्ने’ भनेर चिन्छन् ।
प्रतियोगितामा आठ जनाले सहभागिता जनाएका थिए । महोत्सव मूल आयोजक समितिका अनुसार सङ्ख्या र आकारका आधारमा विजेता घोषणा गरिएको थियो । निर्धारित २२ मिनेटभित्र सबैभन्दा बढी सात वटा माछा समाउने सुरेश छन्त्याल प्रथम हुनुभएको छ । तीन वटा माछा समाउने दलबहादुर बुढाथोकी द्वितीय हुनुभयो । छन्त्याल र बुढाथोकीले क्रमशः रु आठ हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

आकारमा सबैभन्दा ठूलो १५० ग्रामको माछा समातेर ईश्वर परियार प्रथम हुनुभएको समितिका सहसंयोजक राज थापाले जानकारी दिए । धेरै माछा समातेर प्रथम भएका छन्त्याल आकारतर्फ भने द्वितीय भए । दुवैले क्रमशः रु आठ हजार र पाँच हजार नगद पुरस्कार प्राप्त गरे । छन्त्याल यसअघि विसं २०६३ मा भएको पहिलो महोत्सवमा पनि प्रथम भएका थियो ।

“माछाको प्रचारसँगै माछा समाउने परम्परागत सीपको जगेर्नाका लागि प्रतियोगिता राखिएको हो”, सहसंयोजक थापाले भने । ‘करेन्ट’, विष र पासो लगाउँदा माछा नै सङ्कटमा पर्ने देखिएका बेला प्रतियोगिताले माछाको व्यवस्थित शिकारको सन्देश दिएको उनको भनाइ छ ।
हत्केला खेलेर माछा मार्ने चलन अहिले छैन । माछा समाउने पुरानो तरिका जोगाउँदा पर्यटकीय आकर्षण पनि थपिने विश्वास लिइएको छ । “प्राकृतिक र मौलिक हिसाबले माछाको शिकार गरिने हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ”, गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेरबहादुर थापाले भने ।

नेपाल बैंक लिमिटेड हरिचौर शाखा र हरिचौर मनि ट्रान्सफरले प्रतियोगिताको पुरस्कार प्रायोजन गरेका थिए । महोत्सवको आकर्षणका रूपमा रहेको उक्त खेललाई आउँदा दिनमा पनि निरन्तरता दिइने आयोजकले जनाएको छ । बुधबारदेखि शुरु भएको महोत्सव ११ गतेसम्म चल्नेछ । महोत्सवमा पुरुष तथा महिला भलिबल, लोकदोहोरी, रत्यौली, तारो खेल, छेलो, पर्यटन दौड, ब्याडमिन्टनलगायतका प्रतियोगिता राखिएको छ । महोत्सवमा हेलिकप्टर शयरको समेत व्यवस्था छ ।

गलकोट नगरपालिका–५ हरिचौर, बसाहफाँटमा चलिरहेको महोत्सवमा मौलिक संस्कृति, कृषि, जडीबुटी, पुरातात्विक महत्वका वस्तु, सामग्रीको पनि प्रदर्शनी छ । पर्यटन र व्यापार प्रवद्र्धनसँगै खेल, कला, संस्कृतिको जगेर्नाका लागि महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा रु एक करोड खर्च हुने र रु ४५ लाख बचत गर्ने लक्ष्य लिइएको छ । बचत भएको रकम गलकोट क्षेत्रको पर्यटकीय गुरुयोजना निर्माण, खेल, कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा खर्च गरिनेछ । महोत्सवले नेपाल भ्रमण वर्ष, २०२० को प्रवद्र्धनमा समेत सघाउने विश्वास लिइएको छ ।

वि.सं.२०७६ मंसिर ९ सोमवार ११:५१ मा प्रकाशित

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...