९ मंसिर, पर्सा । जिल्ला अदालत पर्साको २०७३ जेठ ३१ गतेको फैसलाले वाल विवाह मुद्दामा १ बर्ष ३ महिना कैद र ५ हजार रुपैयाँ सजाय ठहर भई फरार रहेका प्रतिवादी वीरगंज महानगरपालिका ९२५ डेरा गरी बस्ने बारा प्रसौनी गाउँपालिका ९१ घर भएका ३४ वर्षीय उमेश राउतलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले उनलाई आफ्नै डेरा कोठामा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । राउतलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वि.सं.२०७६ मंसिर ९ सोमवार १३:३५ मा प्रकाशित





























