११ मङ्सिर, काठमाडौँ । एभरेष्ट होल्डीङ्ग प्राइभेट लिमीटेडले मेहनति, लगनशिल र दिर्घकाल सम्म काम गर्ने कर्मचारीहरुको माग गरेको छ ।
चावहिल स्थित उक्त संस्थाले बजार प्रतिनिधीमा १० जना + २ पास भएका र सहायक बजार प्रतिनिधिमा १० जना एसएलसी पास भएका कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार इच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकता सहित सो संस्थाको कार्यालयमा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ९८०१३५५५७७ वा ईमेलः jvacancy90@gmail.com मा सम्पर्क गर्नुपर्ने जानकारी दिएको छ ।
यसैबिच विमेन मेडिकल कम्पनीले पनि फिल्ड अफिसरमा ३, फिल्ड अफिसरमा ५, अफिस स्टाफमा (महिलाहरुलाई उच्च प्राथमिकता) २०, सिनीयर अफिसरमा १० र मार्केटिङ्ग अफिसरमा ५ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।
उक्त कम्पनीका अनुसार इच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले ७ दिनभित्र इमेल मार्फत आफ्नो वायोडाटा फोटो सहित उपलब्ध गराउनु पर्ने सूचना दिएको छ ।
थप जानकारीका लागि फोनः नं. ०१–४३५१८८५, ९८०१३०४३५५ वा इमेलः hr.vigennepal@gmail.comमा सम्पर्क गर्नुपर्ने जनाएको छ ।
त्यसैगरि नयाँ वानेश्वर स्थित एभरेष्ट लाउन्ज रेष्टिुरेन्ट एण्ड बारले पनि योग्य, अनुभवी र आकर्षक कर्मचारीहरुको सेफमा १, वेटर्समा ५, क्यासियरमा ३, वारिस्ता÷बारम्यानमा २, साधारण कर्मचारी÷डिस वासरमा ३, कुकमा ४, हाउसकिपिङमा ३ र क्याप्टेनमा २ को आवश्यकता रहेको जनाएको छ ।
थप जानकारीका लागि फोनः नं. ०१–४४८९९३३ मोबाइल नं. ९८४१४६२५१२ मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।
वि.सं.२०७६ मंसिर ११ बुधवार १०:३१ मा प्रकाशित





























