कुनैपनि रोग आफैले निम्तो दिएर आउँदैन । तर, रोग लाग्न नदिन सावधानी भने अपनाउनुनै पर्छ । आज आमीले त्यस्तै एक रोगको बारेमा जानकारी दिन गइरहेका छौं । जुन रोगले प्रधानमन्त्री केपी ओली समेत पीडित भए । त्यो हो ऐपेण्डिसाइटिस । दाहिने कोखाभन्दा अलिकति तल रहने एपेन्डिक्स कुनै पनि कारणले सुन्निनुलाई ऐपेण्डिसाइटिस भनिन्छ ।
यो अवस्था बिरामीका लागि एक आपत्कालिन अवस्था हो । समयमै रोग ठम्याउन सकिएन र तुरुन्त उपचार गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पुराउन पनि सक्छ ।
चिकित्सकका अनुसार एपेन्डिक्स हुनाका कारणहरुमा एपेन्डिक्समा जुका उत्पन्न हुनु पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो । त्यस्तै, कब्जियतका बिरामीले दिशा खुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्ने चिकित्शकहरु बताउँछन् । साथै केही भाइरसको सङ्क्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निने र यसरी सुन्निएको कोषमा ब्याक्टेरियाजस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप सङ्क्रमण गराउदँछन् अनि एपेन्डिसाइटिस हुन्छ ।
यी कुनै पनि कारणले गर्दा एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा त्यहाँको चापमा वृद्धि हुन जान्छ । चापमा भएको बृद्धिले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँदछ । रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठूलो हुँदै आफ्नो आकारमा वृद्धि गर्न थाल्दछ । जसले गर्दा रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ अनि विस्तारै कुहिन सुरु गर्दछन्। शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को विकल्प नभएको चिकित्सकहरु बताउँछन् ।
एपेन्डिक्स ठूलो आन्द्रासँग सीधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको सङ्क्रमण समेत गराउन सक्दछ ।
एपेन्डिसाइटिसका लक्षणहरु
-सुरुमा नाइटो वरिपरिबाट सुरु भएको दुखाइ बिस्तारै दाहिने कम्मरको माथि सर्न थाल्छ ।
-सामान्यतया एक भन्दा बढी पटक उल्टी हुन सक्छ ।
-कहिलेकाहीँ पिसाबमा रगत देखिन पनि सक्छ ।
-ग्यास्ट्रिकका साथै कब्जियतको समस्या पनि बढ्दै जान्छ ।
– साधारणतया १०० डिग्री भन्दामाथि साधारण ज्वरो देखिन्छ ।
वि.सं.२०७६ मंसिर १२ बिहीवार १३:५० मा प्रकाशित






























