back
CTIZAN AD

प्रदर्शनका क्रममा इराकमा एकै दिनमा २५ को मृत्यु, सैनिक कमाण्डर नै बर्खास्त

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

711 

shares

१३ मसिंर, बग्दाद ।  इराकमा भ्रष्टाचारविरोधी आन्दोलनमा सरिक २५ प्रदर्शनकारीको एकै दिनमा मृत्यु भएको छ ।

त्यहाँका प्रधानमन्त्री अदेल अब्देल मेहदीले दक्षिण इराकको जिम्मेवारी दिँदै कमाण्डरको रूपमा खटाएका सैनिक अधिकृतलाई एकै दिनमा जिम्मेवारीबाट हटाउँदै पदबाट समेत बर्खास्तका लागि सिफारिस गरेको छ । बर्खास्त गरिएका कमाण्डरलाई बिहीबार नै नासिरियाका लागि खटाइएको थियो ।

इराकी सेनाका प्रमुखसमेत रहेका प्रधानमन्त्री अब्देल मेहदीले बर्खास्तमा परेका जमिल सुमारीलाई नासिरियामा पठाउँदै दक्षिणी इराकका शहरी इलाकामा सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । इराकी टेलिभिजनले प्रधानमन्त्री कार्यालयको सूचनालाई उद्धृत गर्दै सुमारीलाई जिम्मेवारीबाट हटाइसकिएको उल्लेख गरेको छ ।

इराकी राज्य धिकारको राजधानी नासिरिया प्रवेश गर्ने तीन पुल प्रदर्शनकारीले कब्जामा लिएपछि सुरक्षाकर्मीसँग भएका झडपका क्रममा नासिरियामा एकै दिनमा २५ जनाको मृत्यु भएको नाम उल्लेख नगर्ने शर्तमा एक सैनिकले एएफपीलाई बताए । घटनामा १०० भन्दाबढी प्रदर्शनकारी घाइते बनेका छन् । झडपमा कैयौँ सुरक्षाकर्मीसमेत घाइते भएका बताइएको छ ।

कफ्र्यूको अवज्ञा गर्दै हजारौँ नागरिकले मृत शरीरलाई शहर घुमाएपछि उनीहरूको अन्त्येष्टि गरिएको छ । प्रदर्शनकारीले नासिरियास्थित इरानी वाणिज्य दूतावासलाई नाटकीयरूपमा आगजनी गरेका छन् ।

सन् २००३ मा अमेरिकी नेतृत्वमा इराकमाथि सैनिक हस्तक्षेप गर्दै तत्कालीन शासक सद्दाम हुसेनलाई अपदस्थ गरेपछि राजधानी बग्दाद र दक्षिणमा विरोध र आन्दोलनमार्फत इराकी जनताले उनीहरूको सरकार र इरानस्थित त्यसका सहयोगीहरूविरूद्ध प्रदर्शन गर्दै आएका छन् ।

बुधबार राति प्रदर्शनकारीले इराकी राजनीतिमा तेहरानको प्रभावप्रति क्रोध प्रदर्शन गर्दै पवित्र स्लामिक शहर नाजाफमा रहेको वाणिज्य दूतावासमा आगजनी गरेका थिए । उनीहरूले आगजनीपछि इराकबाट इरानी हस्तक्षेप अन्त्यको घोषणा गर्दै इराकको विजय भएको भन्ने भावका नाराहरू लगाएका थिए ।

यसैबीच धिकारका शहरी क्षेत्रमा प्रदर्शनकारी हिंसात्मकरूपमा उत्रिएपछि बिहीबार मध्यान्नदेखि अर्को सूचना नहुँदासम्मका लागि सरकारले कफ्र्यू आदेश जारी गरिएको इराकी सैनिक स्रोतले जानकारी दिएको छ ।

अक्टोबरको शुरूदेखि नै राजधानी बग्दादलगायतका मध्य तथा दक्षिणी क्षेत्रमा ठूलो सहभागितासहितको प्रदर्शन जारी रहेको छ ।

प्रदर्शनकारीहरूले इराकको समग्र सुधार, भ्रष्टाचारप्रति जवाफदेहीता, सार्वजनिक सेवाहरूमा सुधार तथा रोजगारीलगायतका मागसहित करिब दुई महिनासम्म निरन्तर आन्दोलन गरिरहेका छन् ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार ०९:०६ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...