back
CTIZAN AD

एकै पटक १ सय ४१ शिक्षक विस्थापित

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

846 

shares

१३ मसिंर, पाल्पा । पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् ।

प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागीर गुमेको छ । बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी दुई सय ६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमेशराज पौडेलले बताए ।

“१४१ जागीरबाटै विस्थापित भएका छन् भने कार्यरतमध्ये ५५ जना शिक्षक सेवा दरबन्दीमा नाम निकाल्न सफल भएको र बाँकी सात जना बाहिरी जिल्लामा नाम निकालेर गएका छन्”, उनले भने ।

रामपुर नगरपालिकामा १७, तानसेन नगरपालिकामा १५, निस्दी गाउँपालिका ४६, पूर्वखोलामा २१, बगनासकालीमा १५, माथागढीमा ३८, रम्भामा २६, रिब्दीकोटामा २५, रैनादेवी छहरामा ३९, तिनाउमा २१ ले नयाँ नियुक्ति बुझेका छन् ।

जिल्ला समन्वय समिति, लेखा समिति सदस्य, प्रमुख जिल्ला अधिकारी, शिक्षक पेशागत सङ्घ सङ्गठनका प्रतिनिधिको रोहबरमा स्थायी शिक्षकलाई नियुक्ति दिइएको हो ।

सो अवसरमा जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासिनी, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, शिक्षक महासङ्घ प्रतिनिधि देवीप्रसाद भट्टराई, जिल्ला शिक्षा समितिको तर्फबाट धनेन्द्रराज घिमिरेलगायतले नयाँ शिक्षकलाई स्थायी नियुक्ति प्रदान गर्दै लगनशील भएर शिक्षण कार्यमा तल्लीन रहन आग्रह गरे ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार ०९:५० मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...