back
CTIZAN AD

पोर्चुगलमा पत्रकार गिरीमाथि आक्रमण भएको भन्दै पत्रकार महासंघ युरोपको आपत्ति

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

1.1K 

shares

१२ मंसिर, बेल्जियम । पत्रकार महासंघ युरोप शाखाले पत्रकार  भगवान गिरीमाथि मानसिक आक्रमण भएको भन्दै चेतावनीसहितको आपत्ति जनाएको छ ।

युरोपमा बसेर पत्रकारिता गरिरहेका पत्रकार भगवान गिरीले मंगलबार पोर्चुगलका सडकमा देखिने नेपालीका बारेमा समाचार बनाएका थिए । ‘पोर्चुगलका सडकमै सुत्छन् नेपालीहरु’ नामक शिर्षकमा उनीद्धार लेखिएको उक्त रिर्पोट समाचार ऐजेन्सी राष्ट्रिय समाचार समिति (रासस) हुँदै विभिन्न मेडियामा मुख्य व्यानर समाचार बनेका थिए ।

उक्त समाचारको खण्डन गर्दै एनआरएनए पोर्चुगलका अध्यक्ष तीलक गैरेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस विज्ञप्ति समेत प्रकाशित गरेका थिए । उनले उक्त समाचार राससका पत्रकारले हचुवाका भरमा प्रकाशित गरेको आरोप समेत लगाएका थिए ।
सोहि समाचारका बारेमा र गैरेद्धारा जारी विज्ञप्तिका बारेमा पत्रकार महासंघ युरोपले एक विज्ञप्ति सार्वजनिक गरेरै नेपालमा रहेका पत्रकार माथि मात्र नभएर विदेशमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकाहरुमाथि कुनै न कुनै रुपमा निरन्तर आक्रमण भएको भन्दै पत्रकारमाथि गरिने मानसिक आक्रमण संसारभरी नै चुनौतीपूर्ण आक्रमण भएको जनाएको छ ।

पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईद्धारा विहिबार जारी गरिएको उक्त विज्ञप्तिमा पोर्चुगलमा आफ्नो कार्यक्षेत्र बनाएर राससको प्रतिनिधि भइ पोर्चुगलका नेपाली बारे सूचना संप्रेषण गर्दा पत्रकार भगवान गिरीमाथि मानसिक आक्रमण भएको बताइएको छ ।

‘नेपाली पत्रकारमाथि नेपालमा मात्र नभएर युरोपमा समेत मानसिक आक्रमण हुने गरेका छन् । त्यस्तै एक मानसिक आक्रमण पोर्तुगलमा आफ्नो कार्य क्षेत्र बनाएर राष्ट्रिय समाचार समितिको प्रतिनिधि भई सूचना सम्प्रेषण गरिरहेका पत्रकार भगवान गिरीमाथि भएको छ,’ उक्त विज्ञप्तिमा भनिएको छ, ‘उहाँले पोर्चुगलका नेपाली समाजबारे समाचार संप्रेषण गर्दा उहाँमाथि गैह्रआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्तुगलका अध्यक्ष तीलक गैरे समेतले पत्रकारमाथि अनावस्यक दवाव सृजना गर्ने उद्धेश्यले वक्तव्य जारी गरेका छन् । जसको संसारभरीका पत्रकारहरुले भण्डाफोर गरिरहेका छन् ।’

पोर्चुगल अहिले मानव तस्कारको हन्टिङ पोइन्ट भनेर विभिन्न काल खण्डमा समाचारहरु प्रकाशित भइरहेको बताउँदै महासंघले भनेको छ, ‘नेपालबाट दलालमार्फत् ल्याइएका नेपालीहरु विभिन्न कारणले घरबार बिहिन हुँदा समेत उनीहरुको उद्धारमा त्यहाँका कथित समाजसेवी तथा एनआरएनए त्यता केन्द्रीत हुनुको साटो समाजसेवाको आडमा गरिने मानबतस्करी र पीडित नेपालीको उद्धारको आशय सहित सडकमा जीवन बिताउन बाध्य नेपालीहरुका बारेमा लेखिएको समाचारमाथि आक्रमण हुनुले झनै शंका उब्जाएको छ ।’

‘समाज सुधारको ंआशयले लेखिएका कुनैपनि समाचारबारे समेत पोर्तुगलका केही शंकास्पद व्यक्तिहरु आक्रामक बन्नु उनीहरुकै लागि घातक हुनेछ । पत्रकार महासंघ युरोप शाखा उहाँ, पत्रकार गिरीमाथि भएको यसप्रकारको आक्रमणको निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘ उहाँमाथि हुने कुनैपनि प्रकारको धम्कि, आक्रमण र दुरुत्साहनको महासंघले प्रतिकार गरिरहने संकल्प गर्दै सम्बन्धित संस्था वा अभियन्ता हो भन्नेहरु खबरदार । पत्रकारलाई धम्क्याउने काम बन्द गर । यदि सूचनाकर्मीलाई आक्रमण गर्ने हो भने त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवारी समेत सम्बन्धित स्वयं हुनुपर्नेछ ।’

महासंघले संसारभरी रहेका पत्रकार, सूचनाकर्मी तथा संघ संस्थालाई यसरी पत्रकारहरु विरुद्ध भइपरी आउने आक्रमणको डटेर प्रतिकार गर्न अपिल समेत गरेको छ ।

‘मानब तस्करी र दलालहरुको मनोबल बढाउने गरेर गरिने यसप्रकारको आक्रमणले सम्बन्धित संस्था वा व्यक्तिको संकास्पद संलग्नतालाई इंगित गर्नेतर्फ समेत सचेत हुन सबैलाई अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेद्धारा गम्भीर ध्यानाकर्षण

वि.सं.२०७६ मंसिर १३ शुक्रवार ०९:५१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...