१५ मसिंर, काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट नेपाल विप्रेषण पठाउने कम्पनीहरुमध्ये ठमेल रेमिटबाट पठाउँदा सबैभन्दा सस्तो देखिएको छ ।
विश्व बैंकको एक अध्ययनले अमेरिकाबाट नेपाल पैसा पठाउँदा विश्वका ठूला रेमिटयान्स कम्पनीहरुभन्दा ठमेल रेमिटमा लागत कम लाग्ने गरेको छ ।
बैंकको अध्ययन अनुसार ५०० अमेरिकी डलरसम्म नेपाल पठाउँदा ठमेल रेमिट ठूला रेमिटयान्स कम्पनी मनीग्राम, वेस्र्टन युनियन, रीयाको तुलनामा निकै सस्तो रहेको छ । बैंकले पैसा पाइने अवधि, विनिमय दर मार्जिन , कुल लागत जस्ता पक्षहरुको अध्ययनका आधारमा यो निचोड निकालेको हो ।
विश्व बैंकको ‘रेमिटयान्स प्राइसेस वल्र्डवाइड’को विवरणअनुसार ठमेल रेमिटबाट ५०० डलर पठाउँदा लागत ११ दशमलव ८० डलर रहेको छ । लागत कम भएका कम्पनीको सूचीमा मनीग्राम, मुन्चा वल्ड रेमिट क्रमशः दोस्रो, तेस्रो तथा चौथो स्थानमा छन् । आइतबारको आर्थिक अभियान राष्ट्रिय दैनिकबाट
वि.सं.२०७६ मंसिर १५ आइतवार ०८:३५ मा प्रकाशित






























