back
CTIZAN AD

बेलायतका गुल्मेलीले गरे जन्मभूमिका लागि १५ लाख आर्थिक सहयोग

वि.सं.२०७६ मंसिर १५ आइतवार

810 

shares

१५ मंसिर, काठमाण्डौं । बेलायतमा रहेका गुल्मेलीले जन्मभूमिका लागि पुण्य काम गरेका छन् । केही महिना अघि विनासकारी बाढी पहिरोमा परेर घरबार गुमाएका सत्यवती गाउँपालिका वडा नं ३ का बासिन्दालाई पुर्नवासको व्यवस्थाको लागि उक्त रकम सहयोग गरिएको हो ।

गुल्मी जिल्ला समाज युकेले रु १५ लाखको लागतमा तीनवटा घर निर्माणका लागि उक्त रकम सहयोग गरेको बताइएको छ ।
समाजका अध्यक्ष टोप पल्लीले शनिबार आयोजित एक कार्यक्रममा सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाललाई रकम हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाका वडाअध्यक्षहरु तथा स्थानीयबासीको सहभागितामा उक्त रकम हस्तान्तरण गरिएको हो ।

समाजले विगत १० वर्षदेखि गुल्मीमा रहेको आसा अपाङ्ग केन्द्र गुल्मीमार्फत् नेपालका अपांगता भएकाहरुका लागि आर्थिक सहयोग गर्दै आएको छ । समाजले  विश्व अपाङ्गता दिवसको अवसर पारेर आज ( १ डिसेम्बर)  एक च्यारिटी कार्यक्रम अयोजना गर्ने तयारी गरेको समेत बताइएको छ ।

उक्त सहयोग गर्ने गुल्मी समाजमा आवद्ध सम्पूर्ण गुल्मेलीहरुलाई वडा नं ३ का अध्यक्ष रुक बहादुर रानाले धन्यवाद व्यक्त गरेका छन् । उनका अनुसार बाढी पहिरोले क्षति पुर्याएर उच्च जोखिममा रहेका ४६ घरपरिवारका लागि तत्कालन पुर्नवास निर्माण गर्नु पर्ने प्राविधिकको टोलीले जानकारी दिएको बताएका छन् ।

त्यसका लागि मन्त्रिपरिषद्को निर्णय समेत भइसकेको र अव  घर निर्माणका लागि अस्लेवा, कुर, दाङ्सी, गाउँडाँडा तथा वडा नं १ लगायतमा पनि घडेरीहरुको व्यवस्था गर्न लागिएको संसारन्युजलाई जानकारी दिएका छन् ।

वि.सं.२०७६ मंसिर १५ आइतवार १२:३४ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...