
१८ मङ्सिर, काठमाडौँ । सहिद मेमोरियल अस्पतालले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
कलंकी स्थित उक्त अस्पतालले मान्यता प्राप्त शैक्षिक संस्थाबाटल नर्सिङ्ग विषयमा प्रमाणपत्र तह पिसीएल उत्तीर्ण भई नेपाल नर्सिङ्ग काउन्सीलमा दर्ता भएको स्टाफ नर्सको लागि ३ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक वा योग्य व्यक्तिले सूचना प्रकाशित मितिले ७ दिनभित्र अस्पताल प्रशासन शाखामा दरखास्त दिनुपर्ने छ ।
थप जानकारीका लागि फोनः नं. ०१–५२१९९३४, ०१–५२१८९२१ मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।
यसैबिच मिराकल म्यानपावर प्राइभेट लिमीटेडले पनि एकाउन्टेन्टको लागि १ जना कर्मचारीको आवश्यकता रहेकोले उक्त कम्पनीमा तुरुन्त सम्पर्क गर्नुपर्ने जनाएको छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ४३५१००३, ९८०२०५२७७१ वा ईमेलः [email protected] मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।
वि.सं.२०७६ मंसिर १८ बुधवार १०:३४ मा प्रकाशित