back
CTIZAN AD

साइला दाइ अर्थात् सहिद कृष्ण गौतम भन्नुहुन्थ्यो–‘हामी माझि तिमीहरु यात्री’

वि.सं.२०७६ मंसिर १८ बुधवार

852 

shares

गुरु ब्रह्मा, गुरु, बिष्णु : महेश्वर
गुरु साक्षात परमब्रह्मा तस मयी श्री गुरुवे नम ः!!

गुरुप्रति आदर सत्कार गरिएको सँस्कृतको यो श्लोकले प्रत्येक शिक्षक प्रति गर्व पनि हुने गर्दछ होला ! वास्तवमै एक शिक्षक असल समाज निर्माणका लागि अति महत्वपूर्ण मानबिय जीवनको जग मानिएको छ, किनकी एक शिक्षकद्वारा मार्गदर्शन गरिएका बिद्यार्थीहरु विभिन्न क्षेत्र तथा विभिन्न मार्गद्वारा सफलताको चुचुरोमा पुग्न सफल हुन्छन् । ।विभिन्न पेशामा संलग्न हुन्छन् । कोहि डाक्टर कोहि पाइलट कोहि बैज्ञानिक कोहि ईन्जिनियर तथा कोहि कुशल व्यावसायिक बन्न सफल हुन्छन् । यसको प्रमुख श्रेय शिक्षकलाई नै मान्नु पर्दछ । शिक्षकनै असल समाजको मार्गदर्शक हो । भनाई र सुनाई गर्दा अति सजिलो लाग्ने शिक्षक शब्दको मर्म बुझ्दै जाँदा पटक्कै सजिलो छैन। शिक्षण कार्य सबैभन्दा कठिन काम हो किनकी, देशका भबिश्यका कर्णधारहरुलाई सहि शिक्षा दिने जिम्मेवारी दिइएको हुन्छ । एकै बाबूआमाबाट जन्मिएका बच्चाहरु पनि भिन्न स्वभाव र भिन्न क्षमता लिएर जन्मेका हुन्छन् । स्कुलमा जब विभिन्न संस्कारमा हुर्केका बच्चाहरु पढ्न आँउदछन उनिहरु सबैको भिन्न–भिन्न बौद्धिकस्तर अनि भिन्न भिन्न इच्छाहरु हुन्छन् । सबै बच्चाहरुको आफ्नै खाले क्षमता हुने गर्दछ । उनिहरुको क्षमता पहिचान गरि उनको स्तर अनुसारको शिक्षा दिनु अझ मुस्किलको काम हो । कसैको गणितमा, कसैको अँङ्ग्रेजीमा, कसैको सङीतमा त कसैको खेलकुदमा रुची होला । यी सबैखाले प्रतीभालाई पहिचान गरि उनिहरुको क्षमतानुसारको शिक्षामा निपूर्ण बनाउनु नै एक असल शिक्षकको कर्म हो ।

पर्बत जिल्लाको सुदूर दक्षिणी भेग समग्र पैँयुक्षेत्र जिल्लाको उत्तरी भेगको तुलनामा शिक्षाको ज्योति नपुगेको होकि भन्नेकुरा अहिले बल्ल हामी यो पुस्ताले महशुष गरेका छौं । पैँयु गाउँपालिका–४ पैँयु हटीयामा अवस्थित श्री जनसेवा सँस्कृत माध्यामिक बिधालय बिक्रम सम्बत २०१४ मा स्थापना भएपनि ७ कक्षा देखि माथिको शिक्षाको लागी बाहिर जानुपर्ने अवस्था थियो । जेहन्दार तथा इच्छुक बिद्यार्थीहरुलाई पनि आफ्नो घरको परिस्थितिले गर्दा उच्च शिक्षाको लागि बाहिर जान सक्ने स्थितिबाट बन्चित हुन परेको कुरा अग्रज दाजुहरुबाट सुन्न पाइन्छ ।

भर्खरै शैक्षिक क्षेत्रमा बामे सर्दै गरेको पैँयुक्षेत्रको जनसेवा सँस्कृत मा.बि मा अध्यापन गराउने प्राय ः शिक्षकहरु पैँयुक्षेत्र भन्दा बाहिरबाट आउनु भएको थियो । २०४३ सालको कुरा हो, म सोही बिद्यालयमा कक्षा ७ मा अध्ययन गर्दै थिएँ । गणित बिषय पढाउने शिक्षक सच्चिदानन्द शिंह, वहाँको महेन्द्र ज्योती माध्यमिक बिद्यालय (आहाले) लुँखु सरुवा भएपछि त्यस रिक्त स्थानमा कृष्ण गौतम सरले स्थान लिनु भयो ।

कृष्ण गौतम सरको उपस्थितिले सबै बिद्यार्थीहरुलाई थप उत्साहित पनि बनाएको थियो । वहाँ र हाम्रो घरको दुरी झन्डै ३०० मिटरको फरकमा पर्दछ । हामीले एक अर्कालाई धेरै नजिकबाट चिने जानेका थियौ । कुशल पंडित परीवारमा जन्मनु भएका कृष्ण गौतम परिवारको तेश्रो सन्तान भएकोले हामीले वहाँलाई साँइला दाईको साइनोले बोलाउने गरिन्थ्यो । मध्यम बर्गिय परिवारमा जन्मिनु भएका कृष्ण गौतम अति मिलनशार, हँसिलो मुहार, ठुलोलाई आदर सत्कार र सानालाई असाध्यै माया गर्ने स्वाभावको हुनुहुन्थ्यो । बुवा लालप्रसाद गौतमका परिवारमा जन्मेका सबै सन्तानहरु तिक्ष्ण दिमाग भएकोले सबैजना पढाईमा जेहन्दार तथा मेहनती हुनुहुन्थ्यो, सबैजना राम्रो श्रेणीमा उर्तिण हुनुहुन्थ्यो । ठूलो परिवारमा आय आर्जनको राम्रो श्रोत नहुदाको कष्ट कस्तो हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । ठूलो दाजु दिल प्रसाद गौतमले भारतीय सेनामा, माइला दाजु उदयराज गौतम र साइला दाजु कृष्ण प्रसाद गौतमले स्कुलमा पढाउन लागेपछि परिवारमा अरु सदस्यहरुलाई सहज भएको कुरा बुवा लाल प्रसाद गौतमले भन्नू हुन्थ्यो । सबै भाइहरुको राम्रो भाईमिलाप थियो । सबैको बिचार मिल्ने भएर नै होला सबै एकै ठाँउमा बसेर छलफल गरेको देखिन्थ्यो । साँच्चिकै भन्नुपर्दा त्यो परिवारको हाँसो र खुशीले सिङ्गो गाउँलाई नै खुशी दिएको थियो । भाइहरु कसरी मिलेर बस्नु पर्दछ एकताको ज्वलन्त उदाहरण थियो त्यो परिवार ।

कृष्ण गौतम (साँइला दाइ) गणित बिषयमा अब्बल दर्जाको शिक्षकमा मानिनु हुन्थ्यो । भिन्न भिन्न क्षमता भएका बिद्यार्थीहरुलाई सजिलैसँग बुझाउने कला थियो उहाँमा । म, कक्षा ९ को दोश्रो बिद्यार्थी थिँए । मलाई गणितमा रुचि भएर पनि ज्यामिती बिषय अति दुःख लाग्थ्यो । साध्य र बिलोममा अलमलिन्थे । साध्य ३३ को बिलोम मलाई सम्झिन मुस्किल परेपछि त्यो दिन साँझ मलाई घरमै बोलाउनु भयो म वहाँको घरमै गए । राती अबेरसम्म बसेर मलाई सिकाइरहनु भयो । वहाँमा असल शिक्षकमा हुनुपर्ने गुणमा कुनै कमि थिएन । ब्दिभचत भ्ष्लकतभष्ल का अनुसार एक असल शिक्षक बाहिर हेर्दा जती साधारण हुन्छ, भित्र त्यतिनै रोचक हुन्छन् । वहाँमा यहि अदभूत कला थियो । अक्सर वहाँले पढाउने क्रममा कक्षाका सबै बिद्यार्थीलाई भन्ने गर्नु हुन्थ्यो–अहिलेदेखि नै मेहनत गर्दै जाउ तब मात्र भोलि आफ्नो उद्देश्य पूरा गर्न सकिन्छ । हामी शिक्षक त माझी हौँ, बिद्यार्थीहरु यात्री हुन् । तिमीहरूलाई हामी नदीमा डुङ्गाबाट तारी रहने छौँ । यी अनमोल शब्दहरु अहिलेपनि कानमा गुन्जिरहन्छन् ।

कृष्ण गौतम अति मिलनशार,मृदुभाशी लगनशील, सरल स्वाभाब, उच्च बैचारिक अनि ब्यबहारिक पनि हुनु हुन्थ्यो । यी शब्दले मात्र वहाँको कार्य कुशलताको बयान गरेर सकिँदैन । आफ्नो गाउँ तथा वरपरका छिमेकी गाउँहरुमा कुनै घटनाहरु घटदा तुरुन्तै पुगेर सकेको सहयोग गर्नुहुन्थ्यो । हाम्रो साँइला दाई मात्र नभई समग्र पैँयु क्षेत्रकै आँखाका नानी, मुटुका ढुकढुकी, असल बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो ।

कतिपय परिस्थितिमा जीवनमा अनेक मोडहरु आइदिन्छन् । सोचाइ अनुसार र भनाइ अनुसार काम गर्न मुस्किल हुने रहेछ, धेरै साथीहरूले वहाँको मार्र्गिनर्देशनलाई निरंतरता दिएर सफलताको चुचुरोमा पुग्नु पनि भएको छ । मलाई खै कुन रहरले जित्यो कि परिस्थितिले बाध्य पर्यो, वहाँले देखाएको बाटोमा हिड्ने रहर हुँदाहुदै पनि भारतीय सेनामा सिपाही हुन पुँगे । शुरुका दिनहरुमा वहाँसङ पत्राचार हुन्थ्यो, म आफ्ना दुखका कथाहरु लेखेर पठाउँथे । प्रत्युत्तरमा साँइला दाईले सम्झाएर लेख्नु हुन्थ्यो–योद्धा हुनु त्यति सजिलो काम त हुँदै होइन, ध्यान सँग काम गर्नु, अबकाश पश्चात्, गाउँमा समाजासेवा गर्नुपर्छ । वहाँका सुझाबले मनमा थप उर्जा दिन्थ्यो ।

वहाँले अगाडी भन्नुभयो-नेपाललाई सँधै कमजोर पारेर अरुलाई राज गर्न दिने गरि भएको सुगौली सन्धि रास्ट्रघातको प्रमुख जड बनेर नेपाली भुमीको छाती जलेको छ । विभिन्न कालखण्डमा बनेका नेपाली शासकहरुले असमान सन्धि खारेजीको आवाज पनि निकाल्न सकेनन न त मुलुकलाई समृद्धि तिर डोर्याउन सके । झन भन्दा झन सत्ताको खेलमा अझै रास्ट्रघाती सम्झौता थपिदै गयो । कहिले महाकाली सम्झौता, कहिले कोशी त कहिले गण्डकी सम्झौता । राष्ट्रलाई खोक्रो पारेर छिमेकीलाई फाइदा पुग्नेगरि गरिएको सम्झौताको कारण आज हामीलाई आफ्नै शासक माथी अङुली उठाउनु पर्ने बाध्य पारिदैछ । छिमेकी नभई नेपाल र नेपाली बाच्नै सकिँदैन भनेर गलत प्रचार गरिएको छ । जनतालाई दुःख दिईएको छ यसैले यो धर्ती रुँदा यो मन पनि दुख्दो रहेछ।

बिक्रम सम्बत २०५९ महिना मङ्सिरको थियो । गते कति थियो मलाई अहिले सम्झना छैन । साँझपखको कुरा हो, म प्रदेशबाट दुई महिनाको बिदामा घरमा आउँदा वालिङबाट एकजना भरिया दाइको साथ घरमा आँउदै थिए । घर पुग्नेबेला सौरीकोटमा संयोगबश वहाँसङ भेट् भयो । मैले वहाँलाई हाम्रो घरसम्म संगै जाने आग्रह गरेपछी घरमा संगै गयौं । घरपरिवार सङको भेट्घाटपछि हामी कुरा गर्न लाग्यौं । म त्यतिबेला भारतको काश्मिरमा तैनाथ थिँए । मैले आफ्नो फौजको कुरा गर्दा ध्यानपूर्बक सुन्नुहुन्थ्यो र बीच बीचमा सहि थाप्नु हुन्थ्यो । मेरो सबै कुराहरु सुनिसकेपछि वहाँले कुरा गर्न लाग्नु भयो–नेपाली युवाले बिदेशी भुमिमा ज्यानको बाजी लगाएर जिन्दगी बिताउन बाध्य भएको कुराहरुमा दुःखी हुँदै नेपाली राजनीतीको बिसङतीहरुको बारेमा मलाई बुझाउने कोशिश गर्दै वहाँले आफ्ना बिचारहरु म समक्ष राख्नु भएको थियो । ती अमूल्य सत्य बिचारहरु अहिलेपनी मेरो मनसपटलमा ताजै छन् ।

वहाँसङ भएको कुराकानीको छोटो अंश दर्शाउन चाहन्छु–साँईला दाईले भन्नू भयो–पहिलेका शासकहरुद्वारा गरिएको सन्धि अनुसार अहिले हाम्रा नेपाली युवाहरु बिदेशी भुमीमा रहरले नभएर बाध्यताले रगतको खोला बगाउनु परेको छ । सन्धि भन्नाले समान कुराको सहमति भन्ने अर्थ हुन्छ । सम्झौता जहिले बराबर हिसाबमा गरिन्छ तर हामी नेपाली जनताले इतिहाँसमा बर्षौसम्म दुख्ने खालका यस्ता अपमानजनक पिडादायी सम्झौता गर्नु पर्यो जसको असर अहिलेसम्म भोग्नु परेको छ र अझै कहिलेसम्म भोग्नु पर्ने हो ! हुन त, इँतिहासमा सम्मान गर्नपर्ने र सम्झन लायक काम पनि गरेका छन् जसको कारण आज बिश्वसामु वीर नेपाली भनेर परिचय पाइएको छ । नालापानी र सिन्धुली गढीको युद्धमा हराउन र गलाउन नसकेका अँङ्ग्रेजी र छिमेकी शासकले कुटनीतीक तरिकाले पाइलै पिच्छे गलाए ! कागजमा झुक्याए । त्यहिकुरा अहिले सुगौली सन्धि बनेर दुख्छ, कहिले कोशी बनेर मुटु भतभती पोल्छ ।

वहाँले अगाडी भन्नुभयो-नेपाललाई सँधै कमजोर पारेर अरुलाई राज गर्न दिने गरि भएको सुगौली सन्धि रास्ट्रघातको प्रमुख जड बनेर नेपाली भुमीको छाती जलेको छ । विभिन्न कालखण्डमा बनेका नेपाली शासकहरुले असमान सन्धि खारेजीको आवाज पनि निकाल्न सकेनन न त मुलुकलाई समृद्धि तिर डोर्याउन सके । झन भन्दा झन सत्ताको खेलमा अझै रास्ट्रघाती सम्झौता थपिदै गयो । कहिले महाकाली सम्झौता, कहिले कोशी त कहिले गण्डकी सम्झौता । राष्ट्रलाई खोक्रो पारेर छिमेकीलाई फाइदा पुग्नेगरि गरिएको सम्झौताको कारण आज हामीलाई आफ्नै शासक माथी अङुली उठाउनु पर्ने बाध्य पारिदैछ । छिमेकी नभई नेपाल र नेपाली बाच्नै सकिँदैन भनेर गलत प्रचार गरिएको छ । जनतालाई दुःख दिईएको छ यसैले यो धर्ती रुँदा यो मन पनि दुख्दो रहेछ।

अन्त्यमा,आदरणीय गुरु कृष्ण गौतम (साँईला दाई) ले भनेको सम्झन्छु, अहिले देशको हालत देख्छु, झन बिग्रदो छ स्थिती, उस्तै छ ब्यबस्था, अस्त ब्यस्त राजनिती, झन बढदैछन् । अप्रिय घटनाहरु, सामाजिक सन्जाल र मिडियाबाट बाहिर आइरहन्छन आङै सिरिङ हुने बीभत्स दृश्यहरु । रुन्छ यो मन, अनि रुन्छ मन पैँयुको,रुन्छन् ती चन्द्र र सुर्य नेपाली धर्तिको ।
सन्दर्भ ः मंगलबार परेको कृष्ण गौतम स्मृति दिवस

बालकुमार क्षेत्री ।

वि.सं.२०७६ मंसिर १८ बुधवार १०:३६ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...