back
CTIZAN AD

अमेरिकी राजदूतावासद्वारा ६ नयाँ ईङ्गलिस एक्सेस कार्यक्रमहरु सुरु

वि.सं.२०७३ मंसिर १९ आइतवार

927 

shares

काठमाण्डौं । अमेरिकी दूतावास काठमाडौंले नेपालमा काठमाडौं लगायत दाङ, जनकपुर, गुल्मी, धादिङ, र बाँके गरी ६ स्थानमा नयाँ ईङ्गलिस एक्सेस माईक्रोस्कोलरशिप कार्यक्रमहरु सुुरु गरेको छ ।

नेपालका लागि अमेरिकी राजदूत अलाइना ब. टेपलेट्जले एक कार्यक्रमका बिच स्वयम्भुस्थित न्यामग्याल निम्न माध्यामिक बोर्डिङ स्कुलमा ईङ्गलिस एक्सेस कार्यक्रमको उदघाटन गरे ।

एक्सेस कार्यक्रमले आर्थिक रुपमा बिपन्न क्षेत्रका १३ देखी १६ बर्ष सम्मका मेधाबी
बिद्यार्थीहरुलाई अंग्रेजी भाषा शिपको आधार प्रदान गर्दछ । दुई बर्ष लामो स्कुल समय पछिको एक्सेस कक्षा र गहन सिकाईको दौरानमा कार्यक्रमले सहभागी बिद्यार्थीहरुलाई राम्रो रोजगारको अबसर र शैक्षिक दृष्टिकोण हुनेगरी अंग्रेजीको शिप हासिल गर्न मद्दत गर्दछ ।
सहभागी बिद्यार्थीहरुले भबिष्यमा अमेरिकी शैक्षिक आदान–प्रदान कार्यक्रममा प्रतिष्पर्धा गर्ने, सहभागी हुने र अमेरिकामा अध्ययन गर्न सक्ने क्षमता प्राप्त गर्दछन् । सो अवसरमा राजदूत टेपलेट्जले भन्नुभयो, ‘एक्सेस कार्यक्रमले अंग्रेजी भाषा शिपका साथै अमेरिकी र नेपाली संस्कृतिहरुमा जोड दिने गर्दछ । र यसले बिद्यार्थीलाई वृत्ति विकास, सामुदायिक सेवा, कम्पुयटर शिप, समालोचनात्मक दृष्टिकोण र नेतृत्व शिपका साथै उनीहरुलाई मानव अधिकार र लैङ्गिक समानता सम्बन्धी शिक्षा पनि प्रदान गर्दछ । हरेक एक्सेस कक्षामा दश महिला र दश पुरुष बिद्यार्थी हुनुका साथै शिक्षक कर्मचारीको संख्यामा पनि लैङ्गिक समानता रहन्छ । यो एउटा यस्तो कार्यक्रम हो, जसबाट हामी साच्चै नै गौरवान्वित छौ।’

नेपालमा यो कार्यक्रमको कार्यान्वयनकारी संस्था नेपाल ईङगलिस ल्याङ्ग्वेज टिचर्स एसोसिएसन (नेल्टा) ले हाल ९ वटा स्थानमा यस कार्यक्रम संञ्चालन गरिरहेको छ । अन्य दुई संस्था हिमालयन रुट्स टु फ्रुटस र हिमालयन सोसाईटी फर यूथले पनि एक–एक कार्यक्रम सञ्चालन गरिरहेका छन् । एक्सेस कार्यक्रम हाल ४४० बिद्यार्थीहरुमा पुगिरहेको छ भने कार्यक्रमले २०६८ मा शुरू भएयता लगभग ६०० बिद्यार्थीहरु उत्पादन गरिसकेको छ ।

वि.सं.२०७३ मंसिर १९ आइतवार ०५:०६ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...