back
CTIZAN AD

यमनी हुथी समूहद्वारा युद्धबिराम उल्लङ्घन गर्दै एक वर्षमा २१७ नागरिकको हत्या

वि.सं.२०७६ मंसिर १८ बुधवार

690 

shares

१८,मसिंर, यमन ।  यमनमा हुथी विद्रोहीले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा भएको युद्धबिरामलाई उल्लङ्घन गर्दै एक वर्षमा २१७ सर्वसाधारणको हत्या गरेको यमनको सरकार पक्षधर सुरक्षाकर्मीले मङ्गलबार बताएको छ ।

यमनी सरकार पक्षधर सुरक्षाकर्मीको सञ्चार केन्द्र (जाइन्टस ब्रिगेड) ले दिएको तथ्याङ्कअनुसार यमनको बनदरगाह शहर होडेइडामा युद्धबिरामपछि २१७ सर्वसाधारणलाई झडपको नाममा विद्रोहीले हत्या गरेको र दुई हजार १५२ व्यक्ति विद्रोहीको आक्रमणबाट घाइते भएका छन् ।

राष्ट्रसंघको पहलमा स्टकहोममा युद्धबिराम गर्ने सहमति भएको थियो । केन्द्रले युद्धबिरामले हुथी विद्रोहीलाई आफ्ना आक्रमणलाई बढाउने मौका दिएको र सर्वसाधारणको सुरक्षामा अपेक्षाकृत प्रभाव नदेखिएको जनाएको छ ।

युद्धबिराम उल्लङ्घनका रिपोर्टपछि संयुक्त राष्ट्रसंघले होडेइडा क्षेत्रमा युद्धबिराम अनुगमनका लागि आफ्ना, सरकारी र विद्रोहीका प्रतिनिधिलाई त्यहाँ पठाएको छ । उनीहरूले दुवै पक्षका सेना बसेका स्थलहरूनजीकै पाँच केन्द्र राखी अनुगमन गरिरहेका छन् ।

यमनमा चार वर्षदेखि चल्दै आएको युद्धका कारण करिब १० हजार व्यक्तिले ज्यान गुमाएका छन् भने मानिसहरूले आफ्नो सामान्य जीवनअनुसार गतिविधि गर्न नपाउँदा दुई करोडभन्दा बढी नागरिकले शिविरको जीवन बाँच्नुपरेको छ ।

इरानको समर्थन पाएका हुथी विद्रोहीले होडेइडाका अधिकांश भागलाई आफ्नो नियन्त्रणमा राखेका छन् भने साउदी नेतृत्वको गठबन्धन सेनाको होडेइडाका दक्षिणपूर्वी जिल्लाहरूमा उपस्थिति रहेको छ ।

स्टकहोम युद्धबिराम सहमति यमनको युद्धबिराम अन्त्य गर्दै शान्त एवं सामान्य राजनीतिक जीवनमा फर्किनका लागि गरिएको पहिलो चरणको सहमति हो ।

वि.सं.२०७६ मंसिर १८ बुधवार ११:५४ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...