back
CTIZAN AD

एकताबद्ध प्रयासबाट समाजका विकृतिको अन्त्य गर्न सकिने –मन्त्री शाह

वि.सं.२०७६ मंसिर १८ बुधवार

1K 

shares

१८ मङ्सिर, कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले सबैको एकताबद्ध प्रयासबाट नै समाजमा रहेका विकृति तथा विसङ्गतिको अन्त्य गर्न सकिने बताएका छन् ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न सङ्घ संस्थाद्वारा आज धनगढीमा आयोजित यौन हिंसा तथा बलात्कार प्रभावित महिलाको सामाजिक सुरक्षा तथा न्यायमा पहुँच विषयक एक दिने प्रदेशस्तरीय कार्यशालामा उनले समाजमा रहेका व्याप्त समस्यालाई उन्मूलन पार्न सबै मिलेर समस्याको सामना गर्नुपर्ने बताए ।

मन्त्री शाहले कुनै दाता, दानीहरु आएर हाम्रो समाज परिवर्तन नगरिदिने उल्लेख गर्दै आफ्नो समाज स्वयं आफैँले परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरे । पुराना सोच, शैली, मान्यता, आनीबानीले समाजमा समस्या निर्माण गरिरहेकाले त्यस्ता रुढिवादी परम्परा त्याग्नु आवश्यक रहेको मन्त्री शाहले उल्लेख गरे ।

उनले पीडितलाई सम्मानका साथ बाँच्न पाउने, पारिवारिक, सामाजिक, सांस्कृतिक जीवनमा पुनःस्थापना गर्ने कुराको अहिले चुनौती रहेकाले त्यस्ता काममा स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारलगायत विभिन्न सङ्घसंस्था मिलेर अगाडि बढ्नुपर्ने जरुरी रहेको बताए ।

वि.सं.२०७६ मंसिर १८ बुधवार १५:३४ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...