back

कृषि जैविक विविधताको संरक्षणमा जोड

वि.सं.२०७६ मंसिर १९ बिहीवार

228 

shares
RBB AD
NTC AD

१९ मङ्सिर, पाल्पा । प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जैविक विविधताको संरक्षण, संवद्र्धन र दिगो उपयोग गरी कृषिको समुचित विकास गर्ने नीति लिएको छ ।

कृषि विकास निर्देशनालय रुपन्देहीद्वारा पाल्पाको तानसेनमा आयोजित कृषि जैविक विविधताको संरक्षणसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा स्थानीय रैथाने अन्नबाली उत्पादनमा किसानको आकर्षण बढाउने र खाद्य तथा पोषण सुरक्षा सुदृढ गर्ने उद्देश्यले सो नीति लिएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले स्थानीय रैथाने बाली संरक्षणमा सबैको चासो हुनुपर्ने बताइन् ।

“हामी साना हुँदा गहुँभित्र बेथे हुन्थ्यो, अहिले हुँदैन । धानखेती गर्दा खेतमा माछा हुन्थ्यो, माछा माथ्र्यौँ, अहिले त्यस्तो स्थिति छैन”, उनले भनिन्, “रैथाने अन्नबालीको संरक्षण र उत्पादनमा सम्बन्धीत सबैको सक्रियता आवश्यक छ ।”

मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन र दिगो उपयोग गर्ने नीति मन्त्रालयले लिएको बताउँदै कृषि जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रमलाई विशेष प्राथमिकता दिइने बताए ।

कृषिविज्ञ कमानसिंह थापाले देशमा आर्थिक परिर्वतनका लागि कृषिको दिगो विकास हुनु जरुरी छ भने ।

कार्यक्रममा खाद्य एवं कृषिजन्य आनुवंशिक स्रोत, पदार्थ तथा स्थानीय ज्ञान, सीप आदिको संरक्षण, उपयोग र लाभको समन्यायिक एवं न्यायिक अवस्था र वर्तमान र भावी पुस्ताको खाद्य सुरक्षा एवं गरीबी न्यूनीकरण गर्न कृषि जैविक विविधताको संरक्षणसम्बन्धी चार वटा छुटाछुटै कार्यपत्र प्रस्ततु भएको थियो । (रासस)

वि.सं.२०७६ मंसिर १९ बिहीवार १०:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

बुटवलको साढे तीन किलोमिटर सडक सातवर्षसम्म पनि नबनेपछि ठेक्का रद्द

लुम्बिनी । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माण सात वर्षमा...

बाँकेमा नौ महिनामा एक सयभन्दा बढी नवजात शिशुको मृत्यु

बाँकेमा नौ महिनामा एक सयभन्दा बढी नवजात शिशुको मृत्यु

राँझा (बाँके) । तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा नौ...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

खजुरा (बाँके) । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट...

१२ वर्ष विदेश बसेर फर्किएका पाण्डेले गर्छन् दूध बेचेर मनग्य आम्दानी

१२ वर्ष विदेश बसेर फर्किएका पाण्डेले गर्छन् दूध बेचेर मनग्य आम्दानी

तम्घास (गुल्मी) । गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका...

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

भन्सार छलीका खाद्य तथा दैनिक उपभोग्य सामान बरामद

महेन्द्रनगर (कञ्चनपुर) । दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी...