back
CTIZAN AD

कृषि जैविक विविधताको संरक्षणमा जोड

वि.सं.२०७६ मंसिर १९ बिहीवार

753 

shares

१९ मङ्सिर, पाल्पा । प्रदेश नं ५, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जैविक विविधताको संरक्षण, संवद्र्धन र दिगो उपयोग गरी कृषिको समुचित विकास गर्ने नीति लिएको छ ।

कृषि विकास निर्देशनालय रुपन्देहीद्वारा पाल्पाको तानसेनमा आयोजित कृषि जैविक विविधताको संरक्षणसम्बन्धी प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रममा स्थानीय रैथाने अन्नबाली उत्पादनमा किसानको आकर्षण बढाउने र खाद्य तथा पोषण सुरक्षा सुदृढ गर्ने उद्देश्यले सो नीति लिएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा प्रदेश नं ५ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले स्थानीय रैथाने बाली संरक्षणमा सबैको चासो हुनुपर्ने बताइन् ।

“हामी साना हुँदा गहुँभित्र बेथे हुन्थ्यो, अहिले हुँदैन । धानखेती गर्दा खेतमा माछा हुन्थ्यो, माछा माथ्र्यौँ, अहिले त्यस्तो स्थिति छैन”, उनले भनिन्, “रैथाने अन्नबालीको संरक्षण र उत्पादनमा सम्बन्धीत सबैको सक्रियता आवश्यक छ ।”

मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन र दिगो उपयोग गर्ने नीति मन्त्रालयले लिएको बताउँदै कृषि जैविक विविधता संरक्षणसम्बन्धी कार्यक्रमलाई विशेष प्राथमिकता दिइने बताए ।

कृषिविज्ञ कमानसिंह थापाले देशमा आर्थिक परिर्वतनका लागि कृषिको दिगो विकास हुनु जरुरी छ भने ।

कार्यक्रममा खाद्य एवं कृषिजन्य आनुवंशिक स्रोत, पदार्थ तथा स्थानीय ज्ञान, सीप आदिको संरक्षण, उपयोग र लाभको समन्यायिक एवं न्यायिक अवस्था र वर्तमान र भावी पुस्ताको खाद्य सुरक्षा एवं गरीबी न्यूनीकरण गर्न कृषि जैविक विविधताको संरक्षणसम्बन्धी चार वटा छुटाछुटै कार्यपत्र प्रस्ततु भएको थियो । (रासस)

वि.सं.२०७६ मंसिर १९ बिहीवार १०:४५ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...