back
CTIZAN AD

राष्ट्रपतिकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

वि.सं.२०७६ मंसिर १९ बिहीवार

678 

shares

१९ मसिंर, कम्पाला । युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बुधबार भ्रष्टाचारविरुद्धको बृहत् ¥यालीको नेतृत्व गरेका छन् ।

पूर्वी अफ्रिकी मुलुक युगाण्डाको राजधानीमा भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन कार्यक्रमको आयोजना गरिएको थियो ।
राष्ट्रपति मुसेभेनीले झण्डा फहराउँदै भ्रष्टाचारविरोधी जुलुसमा झण्डै चार किलोमिटर पैदल यात्रा गरेका थिए ।

“भ्रष्टाचाररहित युगाण्ड मैबाट शुरु गर्छु” भन्ने मूल नारासहित भ्रष्टाचारविरुद्धको प्रदर्शनको आयोजना गरिएको थियो ।
राष्ट्रपति मुसेभेनीले नेतृत्व गरेको प्रदर्शनमा उपराष्ट्रपति इड्वार्ड स्सेकान्दी, सभामुख रेबेका काडागा, प्रधानन्यायाधीश बार्त कातुरीबे, धार्मिक नेताहरू, सरकारी उच्च पदस्थ अधिकारीहरू, आम नागरिकसहित सयौँ सहभागी भएका थिए ।

प्रदर्शन कन्सीच्युस्नल स्वायरबाट शुरु भई कोलोलो स्वतन्त्र मैदानमा पुगेको थियो । प्रदर्शनका कारण कैयौँ घण्टा सडकमा सवारी साधन रोकिएको थियो ।

देशको मुख्य समस्याका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदर्शनको आयोजना गरिएको आयोजकहरूले बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अभियानको सुरुआत सन् २०१८ को डिसेम्बर १० तारिखका दिन राष्ट्रपति मुसेभेनीले नै गरेका थिए ।
अभियानअन्तर्गत सर्वसाधारण र सरकारी अधिकारीहरूलाई भ्रष्टाचार गर्न निरुत्साहित गर्ने विभिन्न कार्यक्रमहरू गरिएको अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार यस अवधिमा ५८ हजार ४१५ वटा उजुरी परेका थिए भने ८ हजार २२ वटा उजुरीको सम्बोधन गरिएको छ ।
कम्तीमा १११ जनालाई अदालतले दोषी ठहर गर्दै कारबाहीका लागि आदेश दिएको अधिकारीहरूले जनाएका छन् ।

वि.सं.२०७६ मंसिर १९ बिहीवार १०:४० मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...