२० मसिंर, नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ ।
उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको धेरै भाग जलेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
गत मार्चमा आफू बलात्कृत भएको भन्दै उनले स्थानीय दुईजना पुरुषविरुद्ध जाहेरी दिएकी थिइन् । अदालतमा उक्त मुद्दाको सुनुवाइका लागि ती महिला जाँदै गर्दा बाटोमा पर्ने ट्रेन स्टेसनमा पुरुषहरुको एक समूहले तानेर नजिकैको खेतमा पुराई आगो लगाएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
घटनापछि बलात्कार गरेको आरोप लागेका दुईजनासँगै अरु तीनजना पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ । शुक्रबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ मंसिर २० शुक्रवार ०७:५४ मा प्रकाशित






























