२० मसिंर, काठमाडौँ । सरकारले मदिरा उत्पादन कम देखाएर अर्बाैं राजस्व हिनामिना भएको निष्कर्ष निकालेको छ ।
प्रतिक्विन्टल अन्नबाट उत्पादन हुने ईएनए (एक्स्ट्रा न्युट्रल अल्कोहल) कम देखाएर मदिराको अन्तः शुल्क नै नतिरी पछिल्लो १३ वर्षमा आधा खर्ब रुपैयाँभन्दा बढी कर छली भएको राजश्व प्रशासनको निष्कर्ष छ ।
सरकारले चालु आर्थिक वर्षदेखि प्रतिब्विन्टल अन्नबाट उत्पादन हुने ईएनए यसअघि ३० लिटर कायम हुँदै आएकोमा आर्थिक ऐनमार्फत ४२ लिटर कायम गरेको थियो ।
यो व्यवस्थापछि मदिरा उद्योगले विरोधमा उत्पादन नै बन्दसमेत गरेका थिए । यसका कारण चालु आर्थिक वर्षको पहिलो चार महिनामा अन्तःशुल्क संकलनमा लक्ष्यको तुलनामा १३ अर्ब ११ करोड रुपैयाँ कम संकलन भएको छ । शुक्रबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ मंसिर २० शुक्रवार ०८:१६ मा प्रकाशित





























