नेपालको सत्तारुढ कम्युनिष्ट पार्टी देखि विप्लव सम्मले माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्छन् । त्यसैले अक्टौबर क्रान्तिको शतवार्षिकी धुम धामसँग मनाउनै पर्ने हो तर यी पार्टीले मनाएनन् । केही पुराना कम्युनिष्ट हस्ति र कलाकार भएर मनाईयो यो विडम्वना भयो । रुसमा पुटिनले दर्शन छोडका कारण मनाएनन् यो स्वभाविक होला । तर, नेपालका कम्युनिष्ट भन्नेहरुले कम्युनिष्टका नाम राखेर दलाल पुँजीवाद र साम्राज्यवादको सेवा गरेका छन् । त्यसैले अक्टुवर क्रान्ति मनाएनन् । यीनले बरु पुटिनले जस्तै नाम फेरे पारदर्शी हुन्थ्यो र गुनासौ गर्नै ठाउ रहदैनथ्यौकी भन्नै लागैकौ छ ।
महान लेनिन र अक्टुबर क्रान्ति मानव सभ्यताको इतिहासमा जनता र शोषित पीडितको पक्षमा घटेका विरलै घटना मध्ये एक हो । यदि रुसमा जार शासन ढालेर माक्र्सवादका आधारमा लेनिन,स्टालिन, कालिनिन र ट्रास्टकीको सामुहिक नेतृत्वमा अक्टुबर समाजवादी क्रान्ति नभएको भए आज पनि युरोपियन साम्राज्यवाद एसिया, अफ्रिका वा उत्तर अमेरिकी, दक्षिण अमेरिका जताततै उनकै शासन हुने थियो ।
जोन रीड अमेरिकाका प्रशिद्ध लेखक र पत्रकार थिए । शोषित उत्पीडितका पक्षमा उठेका आन्दोलनको रिर्पोटिङ गर्न र सर्वहारा, मजदुर, गरिव किसानको मुक्ति गर्ने र सभ्य समाजवादी समाज स्थापना गर्ने आन्दोलनको प्रचार गर्नु उनको कर्तव्य जस्तै थियो । ‘१० दिनमा जब जनता भकक्क उठ्यो’ अर्थात् ‘१० दिनमे जब दुनिया हिल उठी’ peoples uprising in 10 days लेखेर उनले विश्वका शोषित पीडित जनता र साम्राज्यवाद विरोधि स्वतन्त्रता र समाजवादी दुवै आन्दोलनलाई जोनरिडले ठूलो गुन लगाएका छन् ।
हिजो सोभियत संघ छउन्जेल महान अक्टोबर क्रान्ति विश्वका जुनसुकै कुनामा पनि मनाइन्थ्यो । शोभियत संघबाट कम्युनिष्ट शासन उखेलिएर देश पनि विखण्डन भएपछि अक्टुबर क्रान्तिको महत्व घट्यो भनेर प्रचार पनि गरिदै छ र आफूलाई लेनिनवादी भन्ने विश्वका पार्टीहरुले पनि अक्टुबर समाजवादी क्रान्तिको वार्षिकी मनाउन छोडेका छन् । यो वर्ष अक्टुबर समाजवादी क्रान्ति भएको झण्डै १०२ वर्ष हुँदैछ । बरु नेपालमा जनस्तरमा अक्टुवर समाजवादी क्रान्ति मनाइयो ।
सत्तारुढ नेकपाले लेनिनवाद आफ्नो मार्गदर्शक सिद्धान्त लेख्न छाडेको छैन तर त्यसको विचार निर्माण गर्ने लेनिन र उनले नेतृत्व गरेको अक्टुवर समाजवादी क्रान्तिको सतवार्षिकी समारोह मनाएन । यो एउटा विविधता वा विडम्वना भनौं कि के भनौं ? हुन त रुसमा आज भ्लादिमीर पुटिन राष्ट्रपति छन् र शक्तिसाली शाषक पनि हुन् । उनको राजनैतिक पृष्ठभुमि शोभियत कम्युनिष्ट पार्टी नै हो । उनले कम्युनिष्ट दर्शन छाडे पनि रुसमा निरंकुश जारतन्त्र ढालेर जनताका हकअधिकार बहाली गरी रुसलाई आधुनिक विज्ञान र प्रविधिको राष्ट्र बनाएको लेनिन र त्यो अक्टुवर समाजवादी क्रान्तिले नै हो । तर, कृतग्न सन्तान जन्मिएपछि राष्ट्र र समाजको हालत नराम्रो नै हुन्छ । खैर, रुसले जे गरेपनि हामी पूर्वि एसिया, दक्षिण एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका जनताको पक्षमा साम्राज्यवादको जर्जर शोषणको विरोधमा धावा बोलेको र यी साम्राज्यवाद विरोधि स्वाधीनताका आन्दोलनमा उर्जा थपेको नैतिक तथा भौतिक सहयोग गरेको महान अक्टुबर समाजवादी क्रान्तिपछिको रुसले नै हो । शोषण अन्याय, अत्याचारको विरुद्धमा स्वाधीनता र समाजवादको पक्षमा लाग्ने हाम्रो आन्दोलनको प्रेरणा अक्टुवर समाजवानदी क्रान्ति नै हो । हाम्रोमा पुष्पलाल वा वीटी रणदिवे वा माओत्सेतुङले अक्टुवर समाजवादी क्रान्तिको पक्षमा बोलेर वा लेखेर प्रचार गरेको स्वभाविक हो । किन की पुष्पलाल, विटी रणदिवे, चारुमझुमदार, माउत्सेतुङ्ग वा चाउ एनलाई लेनिनका अनुयायी भए । तर, लेनिनका अनुयायी नभएका, विपी कोइराला,जवाहरलाल नेहरु, सन् यात्सेन, नासेर, सुर्कानो यहाँ सम्मकी तत्कालिन अमेरिकी राष्ट्रपति थोमस विड्रो विल्सन(Thomas woodrow wilson) ले पनि लेनिनको नेतृत्वको अक्टुवर समाजवादी क्रान्तिलाई जनताको पक्षमा पृथ्वीमा घटेको अभूतपुर्व घटना भनेर प्रसंसा गरेका छन् ।
२ अक्टोबर समाजवादी क्रान्तिको दर्शन-माक्र्सले तत्कालिन युरोपमा भएको चर्च र राजा महाराजाको जनतामाथिको नादिरशाहि शोषणको भण्डाफोर गर्नु भयो र पृथ्वीमा भएका जल, जमिन लगायत सबै श्रोत (Resource) सबै जनताको बराबरी भएको ब्याख्या गर्नु भयो । कसैको धेरै र कसैको थोरै, कोही अथाह श्रोतको उपयोग गर्ने र कसैले गाँस, बास, शिक्षा, रोजगार र स्वास्थ्य उपचार नपाउँने पद्दति हुनै नहुने र हालको चर्च र राजा महाराजको शोषणको समुल अन्त्य हुनैपर्ने दर्शन र अर्थशास्त्र दिनु भयो ।
यसअघि फ्रेन्च क्रान्तिले सारा युरोपमा उथुलपुथल र चेतना ल्याइ सकेको थियो । जिन ज्याक रुसो, सिस्मोन्डी, प्रुधो जस्ता राजनीति शास्त्री र अर्थशास्त्रीले नयाँ उत्पादन सम्बन्ध र वितरण प्रणाली राजनैतिक प्रणालीका सिद्धान्त ल्याइ सकेका थिए । हेगेलले भौतिकवाद र अल्वर्टआइन्स्टाइनले सापेक्षता वादको सिद्धान्त -theory of relativity) ल्याइसकेका थिए । माक्र्सले आफू वोन विश्वविद्यालय वा बर्लिन विश्वविद्यालय पढ्दानै ती र यस्ता शास्त्रको बारेमा चिरफार गरिसक्नु भएको थियो । यीनको चिरफार पछि माक्र्सले साम्यवाद ल्यानै सकिने भन्दै कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र एङ्गेल्ससँग मिलेर सन् १८४८ मा ब्रसेल्सबाट जारी गर्नु भयो । यसको अलावा पुँजीपतिले श्रमको शोषण गर्ने, अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपदान गरिसक्नु भएको थियो । यसरी युरोपभर माक्र्सले आव्हान गरेको मजदुर आन्दोलन युरोपका विभिन्न देशमा उठ्न थाल्यो । विशेष गरी माक्र्सलाई घोषणापत्र लेखेपछि जर्मन सरकारले देश निकाला गर्ने निर्णय गर्यो । माक्र्स फ्रान्समा जानुभयो र पेरिसमा बसेर मजदुर तथा किसान संगठन गर्न लाग्नु भयो । माक्र्सलाई पेरिसमा उनका नाता गोता कर कुटुम्ब पनि माक्र्सको जन्मथलो ट्रायरबाट पेरिस नजिक र छिमेकी थियो । यसरी चीनजान, नाता कुटुम्ब पनि भएकाले माक्र्सलाई पेरिसमा बसेर संगठन गर्न र पत्रिका निकाल्न आर्थिक र सांगठानिक कमि भएन ।
भारतमा अंग्रेज विरोधी आन्दोलन सफल हुनै लागेको र चीनमा कम्युनिष्ट पार्टी सत्ता नजिक पुग्न लागेको बेलामा भारतमा अध्ययन गर्न गएका युवाहरु वीपी कोइराला,पुष्पलाल, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी, बालचन्द्र शर्मा लगायतमा अक्टुवर समाजवादी क्रान्ति र लेनिनको प्रभाव परेको कुरा यीनले बेला–बेलामा आफ्ना विचार व्यक्त गर्दा बताएका छन् । स्वयं भारतीय स्वतन्त्रता संग्राममा लागेका भारतीय कंग्रेसका नेता जवाहरलाल नेहरु, आचार्य तीलक आदिले रुसको अक्टुवर क्रान्ति र लेनिन भनेको विश्वको शोषित पीडित राष्ट्र र जनताको पक्षमा भएको अभुतपूर्व घटना भनेका छन् । नेपालमा विपी कोइरालाले आफू अक्टुवर समाजवादी क्रान्ति र लेनिनको घटना तथा व्यक्तित्वबाट प्रभावित भएको कुरा उल्लेख गरेका छन् । पुष्पलालले त उक्त क्रान्तिको आर्दश पच्छ्याउँदै नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरे ।
सन् १८८२ मा फ्रान्समा मजदुर र निम्न किसानले ठूलो विद्रोह गरे र पेरिस कम्यून सरकार स्थापना गरे । जुन ७० दिन सम्म टिक्यो । पछि त्यहाँको प्रतिक्रियावादप्ी सेना र कुलक एक भएर पेरिस कम्युनिलाई दमन गरियो । एकैदिन ७६८ जना पेरिस कम्युनका सदस्यलाई मारियो र विद्रोह दमन गरियो । त्यसपछि माक्र्स पुन ः बेल्जियम आएर दमनलाई प्रतिरोध गर्न केही संगठन गर्नु भएको इतिहास छ । पछि माक्र्सले आफ्ना पुस्तक लेखन र विचार निर्माण लन्डनमा पुगेर लेख्नु भयो । उहाँ जीवन पर्यन्त लन्डनमा रहनु भयो र त्यहि उहाँको देहावसन भयो । माक्र्सका बाँकी रहेका केही पुस्तक उहाँको मृत्यु पर्यन्त ऐङ्गेल्सले छपाउनु भयो । माक्र्सको विचार विशेष गरी युरोपभर फैलियो । रुसमा प्लेखानोभले प्रचार गरे । लेनिनले कलेज पढ्दा माक्र्सको द्धन्द्धात्मक भौतिकवाद रुसी भाषामा प्लेखानोभले अनुवाद गरेको पढ्नु भयो । यता जारको विरोधमा रुसभर आन्दोलनका जेहाद छेडिएका थिए । लेनिनका दाजु अलेक्जेन्डरले जारका विरोधमा विद्यार्थी आन्दोलनको जेहाद छेडेका थिए । यो कुरा थाहा पाएर जारले अलेक्जन्डरलाई पक्डेर थुन्यो र पछि साइवेरिया पठायो । पछि फाँसी पनि दियो । यसको विरोधमा लेनिनले रुसी जनता र विशेषगरी युवकलाई संगठन गर्नुभयो । यसरी संगठन गर्दा लेनिनले जोसेफ स्टालिन, कालिनिन जस्ता निडर संगठनकर्ता युवा र योद्धा भेटाए । यीनलाई संगठन र आन्दोलन निर्माण गर्न लगाएपछि लेनिनलाई पनि जारले पक्रियो र साइबेरिया निर्वासन पठायो । साइवेरियामा २ वर्ष कठोर कारवास बसेपछि जारेले छोड्यषे । त्यसपछि लेनिनले सन् १८८९ मा रुसमा जार सासन फालेर साम्यवादी लोकतन्त्र स्थापना गर्ने लक्ष्य राखेर रुसी–सामाजिक–जनवादी पार्टी Russian socialist Democratic Party-RSDLP) स्थापना गरे । जसले २८ वर्षको दौरानमा जार शासन फालेर संसारमा पहिलोपटक माक्र्सको विचार अनुसारको समाजवादी शासन व्यवस्था स्थापना गर्यो ।
मस्कोमा लेनिनले समाजवादी गणतन्त्र घोषणा गरेपछि छिमेकका स–साना देशहरु पनि रुसी संघमा जोडिए र समाजवादी शोभियत गणराज्य स्थापना भयो । यसले विश्वका ६ वटै महादेशमा हलचल ल्यायो । विशेष गरी स्वाधीनताका लागि आन्दोलन गरेका र सामान्ती राजतन्त्रलाई फोलेर लोकतन्त्र स्थापना गर्ने संघर्षमा लागेका देशहरुलाई ठूलो प्रेरणा मिल्यो । मजदुर, किसानको नेतृत्वमा पहिलो शोषण विरोधि सामान्त र साम्राज्यवाद विरोधि पहिलो सत्ता स्थापना भएकाले एसिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिकाका सबै ठाउँमा शोषित पीडित विरोधी आन्दोलन उठे । लेनिन र उनको सत्ताले यी आन्दोलनलाई कही नैतिक त कही भौतिक सहयोग गरेको छ ।
लेनिनको प्रवास र अक्टुवर समाजवादी क्रान्ति-लेनिनलाई साइवेरियाको जेलबाट रिहा गरेपछि भूमिगत रुपमा रुसी समाजवादी जनतान्त्रिक पार्टी अर्थात् सामाजिक जनवादी पार्टी उनले स्थापना गरे र संगठन गर्दै रहे । देशभित्र बस्न असजिलो भएपछि लेनिन रुसी जारको उपनिवेशिक शासन भएको फिनल्याण्डको तत्कालिन राजधानी तुर्कुमा गएर बसे । त्यहाँबाट रुसी सामाजिक जनवादी पार्टीको संगठन निर्माण र जार विरोधि आन्दोलन निर्माणमा निर्देशन दिँदै रहे । पछि तुर्कुबाट फिनल्याण्डकै अर्को सहर ताम्पारे tampare) मा आएर बसे । ताम्पारेबाट तत्कालिन रुसको राजधानी सेन्टर्सपिटरवर्ग मात्र २०० किमी थियो ।
फिनल्याण्डमा जारले गर्भनर नियुक्ति गर्दथ्यो र उक्त गर्भनरले संसदको चुनाव गराएको थियो । २०० जनाको संसदमा समाजवादी पार्टीको बहुमत आएको थियो । त्यसैले लेनिनलाई जारका विरुद्ध फिनल्याण्डमा बसेर आन्दोलन निर्माण गर्न र निर्देशन दिन केही सजिलो भएको थियो । जर्जिया वा सेन्टसपिटसवर्गबाट जोशेफ स्टालिन मोटरसाइकल चढेर लेनिन भूमिगत बसेको फिनल्याण्डको ताम्पारे शहरमा आएर निर्देशन लिएर जान्थे । रुसमा सन् १९१२ पछि जारविरुद्धको ठूलठूला संघषको शुरुवात भयो । सन् १९१६ मा लेनिन इस्टोनियामा थिए र १९१७ को क्रान्तिपछि जर्मनहरुलाई कुटनैतिक प्रयासद्धारा लेनिनले विश्वास दिलाएका थिए र जर्मनबाट रेलमा बसेर सेन्टर्सपिटर्सवर्ग हुँदै मस्को आए र तत्कालिन जार शासन ढालेर बनेको संविधान सभाको केरेनेस्की सरकारलाई पनि आम हड्तालको माध्यमबाट ढालेर आफ्नै नेतृत्वमा रुसी समाजवादी पार्टीको एकलौटी सरकार गठन गरे । जसलाई जोनरिडले १० दिनमा उठेको जनताको बिशाल पंक्तिले क्रान्ति सफल गरेर मजदुर–किसानको पहिलो समाजवादी सरकार गठन भयो भनेका छन् ।

आज लेनिन भूमिगत बसेको फिनल्याण्डको तुर्कु र ताम्पारेमा आज पनि लेनिन म्युजियम छ । ताम्पारे जाँदा लेनिन भूमिगत बसेको घरलाई पछि जोसेफ स्टालिनल लेनिन म्युजियम बनाउने घोषणा गरे । तर, उक्त म्युजियमको उद्घाटन भने जोसेफ स्टालिनको शेषपछि निकीता खुचेश्वले गरे । जहाँ स्टालिन सेन्टर्सपिटर्सवर्ग बाट लेनिनलाई भेट्न मोटरसाइकल चढेर जान्थे । जुन मोटसाइकल फिनल्याण्डको उक्त ताम्पारे म्युजियममा हाल पनि देख्न सकिन्छ । त्यहाँ लेनिन म्युजियम हेर्न जाने पर्यटकले स्टालिन चढेको मोटरसाइकलमा बसेर लेनिनले लगाएको कोट र टोपी लगाएर फोटो खिच्ने गर्दा रहेछन् । यो पंक्तिकारले पनि उक्त म्युजियमभित्र रहेको स्टालिन चढेको मोटरसाइकलमा बसेर लेनिनले लगाएको कोट र टोपी लगाएर हालसालै फोटो खिच्ने अवसर प्राप्त गरेको थियो । हे. तस्बिर । आज उक्त म्युजियम मार्फत् फिनल्याण्डले युरोप र एसियाका पर्यटक घुमाएर असख्य आम्दानी गरिरहेको छ । आज रुसमा लेनिनले स्थापना गरेको सत्ता त छैन तर त्यो म्युजियमा असंख्य रुसी नागरिक भ्रमण गर्दा रहेछन् त्यो छर्लङ्ग देखिएको छ ।
अक्टुबर क्रान्तिको विश्वमा पारेको प्रभाव- रुसमा १९१७ मा सो अक्टुवर क्रान्ति सफल भएपछि विश्वका विभिन्न देशमा माक्र्सवादको तिब्र प्रचार भयो । विशेषगरी अक्टुबर क्रान्तिको ३ वर्षपछि विश्वका सबैभन्दा बढि जनसंख्या भएका देशहरु चीन र भारतमा क्रमश १९२० र १९२१ मा कम्युनिष्ट पार्टीहरु खुले । यी देशमा भारतमा अग्रेज साम्राज्यवादको औपनिवेशिक शासन थियो भने चीनमा जापान लगायत ८ वटा साम्राज्यको उपनिवेश थियो । यी देशमा पनि भारतमा गान्धिको नेतृत्वमा र चीनमा सन यात्नसेनको नेतृवमा साम्राज्यवाद विरोधि लोकतान्त्रि पार्टीहरु खुलेर सामान्तवाद र साम्राज्यवाद विरोधि आन्दोलन चलाइरहेका थिए ।
यसैगरी माक्र्सवादी आन्दोलनले युरोपभर लहर ल्याएको थियो । पूर्वी युरोप, जर्मनी, तत्कालिन युगोस्लाभिया, इटली, पोर्चुगल लगायतका ठाउँहरुका संसदमा माक्र्सवादीहरुले धमाधम चुनाव समेत जितेका थिए । लेनिनले साम्राज्यवाद पुँजीवादको अन्तिम अवस्था (imperialism is the last phase of capitalism) भन्ने सिद्धान्त प्रसितपादन गरेका थिए । मिश्र र अफ्रिकन देशमा पनि नासेर र एन्कोमाले साम्राज्यवाद विरोधि आन्दोलन चलाएका थिए । ल्याटिन अमेरिकी देशमा पनि माक्र्सका विचारले जोड पक्डिएको थियो । हिन्द चीनमा होचिमिन्ह् र चीनमा माओत्सेतुङ तथा चाउ एनलाई जस्ता व्यक्तिहरु माक्सवादी आन्दोलनमा आए । जसले विश्वमा माक्र्सवाद यस्तो फलामे हतियार जस्तो भएर समाजमा पकड जमायो । एसिया मात्र नभएर उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र अष्ट्रेलियामा समेत माक्र्सवादी आन्दोलन उठ्यो । माक्सवादी आन्दोलन त्यसको प्रभावको अक्टुवर समाजवादी क्रान्तिले ल्यासिज फायर अर्थ व्यवस्थाको वकालत गर्ने किन्स र डब्लु डब्लु रस्टो ९] ( w.w. Rastro & J.M keynes) जस्ता अर्थशास्त्रीहरु पनि कल्याणकारी राज्य र समाजिक सुरक्षा लागु गर्ने सिद्दान्तमा फर्किए । आज, युरोप, अमेरिकामा कल्याणकारी राज्य व्यवस्था र ती राज्य व्यवस्थाले समाजवादको प्रारुप सामाजिक सुरक्षा लागु रगेका छन् । ती सब माक्र्सवाद र अक्टुवर समाजवादी क्रान्तिको प्रभाव हो । यदि लोक कल्याणकारी राज्य व्यवस्था र सामाजिक सुरक्षा लागु नगर्ने हो भने कम्युनिष्ट क्रान्तिलाई रोक्न सकिन्न भन्ने दृष्टि गोचर जे एम किन्स जस्ता अर्थशास्त्रीलाई भयो र पश्चिम युरोप सुधारिएको पुँजीवादमा आयो ।
नेपालमा यसको प्रभाव-जब अक्टुबर क्रान्तिको प्रभावले भारत र चीनमा स्वतन्त्रता आन्दोलन सुरु भयो र जोर पक्ड्यो । त्यसपछि नेपालमा प्रवेश गरेको हो । नेपालमा राणाहरुले शिक्षाको नियोजन गरे । स्कुल कलेज खोलेनन् त्यसैले विश्वका नयाँ विचार क्रान्तिको शुरुवात नेपालमा ढिला भएकै हो । भारतमा अंग्रेज विरोधी आन्दोलन सफल हुनै लागेको र चीनमा कम्युनिष्ट पार्टी सत्ता नजिक पुग्न लागेको बेलामा भारतमा अध्ययन गर्न गएका युवाहरु वीपी कोइराला,पुष्पलाल, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी, बालचन्द्र शर्मा लगायतमा अक्टुवर समाजवादी क्रान्ति र लेनिनको प्रभाव परेको कुरा यीनले बेला-बेलामा आफ्ना विचार व्यक्त गर्दा बताएका छन् । स्वयं भारतीय स्वतन्त्रता संग्राममा लागेका भारतीय कंग्रेसका नेता जवाहरलाल नेहरु, आचार्य तीलक आदिले रुसको अक्टुवर क्रान्ति र लेनिन भनेको विश्वको शोषित पीडित राष्ट्र र जनताको पक्षमा भएको अभुतपूर्व घटना भनेका छन् । नेपालमा विपी कोइरालाले आफू अक्टुवर समाजवादी क्रान्ति र लेनिनको घटना तथा व्यक्तित्वबाट प्रभावित भएको कुरा उल्लेख गरेका छन् । पुष्पलालले त उक्त क्रान्तिको आर्दश पच्छ्याउँदै नेपालमा कम्युनिष्ट पार्टी स्थापना गरे । जुन आज दुई तिाइ मत सहित संसदमा चुनाव जितेर सत्तामा छ र आधा दर्जन कम्युनिष्ट समुहह लेनिनले गरेको जस्तो एकदलिय शासन व्यवस्थाका लागि ससस्त्र क्रान्ति गर्ने भनेर आन्दोलित छन् ।
रुसमा लेनिनले क्रान्तिको नेतृत्व गरे स्टालिनले समाजवादी अर्थव्यवस्थालाई माथि उठाएर विज्ञान र प्रविधिको अभुतपूर्व विकास गरी समाजवाद श्रेष्ठ व्यवस्था भएको प्रमाणित गरे । तर, स्टालिन पछिका कम्युनिष्ट नेतृत्वले भ्रष्टाचार र निरंकुशता रुसी जनतामाथि लादेपछि ७० वर्षको समाजवाद २२ दिनको आन्दोलनबाट ढल्यो र शोभियत संघ टुक्रा टुक्रा भयो । आज रुसी महासंघमा कम्युनिष्ट पार्टी सत्तामा छैन । तर, पुटिनले केही समाजवादी आचरण देखाएका छन् । तर अक्टुवर समाजवादी क्रान्ति मनाउँदैनन् । किन की, उनले माक्र्सवाद र लेनिनवाद छोडे अनि कम्युनिष्ट दर्शन नै छोडे । तर नेपालको सत्तारुढ कम्युनिष्ट पार्टी देखि विप्लव सम्मले माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्छन् । तर पनि यी पार्टीले मनाएनन् ।
वि.सं.२०७६ मंसिर २२ आइतवार १०:१० मा प्रकाशित






























