back
CTIZAN AD

इरानद्वारा अमेरिकी प्रतिबन्धविरूद्धमा ‘प्रतिरोधी बजेट’ घोषणा

वि.सं.२०७६ मंसिर २३ सोमवार

651 

shares

२३ मसिंर, तेहरान । इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाद्वारा इरानविरूद्ध जारी प्रतिबन्धको सामना गर्न ‘प्रतिरोधी बजेट’ को घोषणा गरेको छ ।

अमेरिकी प्रतिबन्धबाट इरानमा परेको प्रभावलाई कम गर्न राष्ट्रपतिद्वारा पाँच अर्ब अमेरिकी डलर बराबर रूसी लगानीसहितको बजेट आइतबार सार्वजनिक गरिएको हो ।

बजेटले अमेरिकी प्रतिबन्ध र इरानमा देशव्यापी चलेको आन्दोलनबाट इरानी अर्थतन्त्रमा परेको प्रभावलाई राहत दिने अपेक्षा गरिएको छ ।

बजेटको घोषणा गर्दै राष्ट्रपति रौहानीले बजेटबाट गत महिना इन्धनमा गरिएको मूल्यवृद्धिलाई लिएर आन्दोलनमा रहेका इरानी जनतालाई राहत दिने विश्वास व्यक्त गरे ।

संसदमा बजेटबारे बोल्दै राष्ट्रपति रौहानीले भने “सरकारले अमेरिकी नाकाबन्दीका कारण इरानमा परेको प्रभावलाई कम गर्न चार हजार ८८५ ट्रिलियन इरानी रियल (झण्डै ३६ अर्ब अमेरिकी डलर) को ‘प्रतिरोधी बजेट’ ले राहत गर्नेछ ।”

एनले भने, “हामीलाई थाहा छ नाकाबन्दी र दबाबका कारण इरानी जनता आर्थिक मन्दीको सामना गरिरहेका छन् । नागरिकको क्रयशक्ति घटेको छ । तर इरानी जनता अमेरिकाविरूद्ध सरकारको कार्यक्रममा प्रतिबद्ध रहनेछन् ।”

तेल निर्यात प्रमुख आम्दानीको स्रोत रहेको इरानमा नाकाबन्दीका कारण परेको आर्थिक सङ्कटलाई सहयोग गर्ने उद्देश्यले इन्धनमा व्यापक मूल्यवृद्धि भएको र यसविरूद्ध इरानी जनताले सडकमा प्रदर्शनसमेत गरेका छन् ।

प्रदर्शनका क्रममा ठूलो सङ्ख्यामा प्रदर्शनकारीको मृत्यु भएका समाचारहरू बाहिरिएका छन् ।

अमेरिकाले सन् २०१५ मा भएको इरान आणविक सम्झौतामा अमेरिकालाई कुनै लाभ नभएको भन्दै पुनः सम्झौता गर्न इरानमाथि दबाब दिन नाकावन्दी गरिएको जनाउँदै आएको छ । इरानी अर्थतन्त्रमा पछिल्ला केही वर्षमा परेको प्रभावका कारण इरानले व्यापक मुद्रास्फीतिको सामना गरिरहेको छ ।

वि.सं.२०७६ मंसिर २३ सोमवार ०९:५६ मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...