back
CTIZAN AD

तपाईलाई रिस उठ्छ ? यसरी राख्नुहोस नियन्त्रण

वि.सं.२०७६ मंसिर २३ सोमवार

1.2K 

shares

रिस मानिसको लागि यस्तो प्रकृति हो जो विभिन्न समयमा परिस्थिति अनुसार उत्पन्न हुन्छ । रिस उठ्नु अरुको लागि राम्रो होस् या नराम्रो तर आफ्नो लागि भने धेरै खतरनाक पनि हुन्छ । रिस मानिसको सबैभन्दा ठूलो शुत्रु मानिन्छ ।

यदि तपाइलाई रिस उठ्छ भने यसलाई हल्का नसम्झनुहोस् । आउनुहोस् समय-समय उठिरहने यस्तो रिसलाई कसरी नियन्त्रण गर्ने भन्ने जानिराखौं ।

यसरी पहिचान गर्नुहोस् रिस-रिसलाई तब नियन्त्रण गर्न सकिन्छ जव यसको पहिचान गर्न सकिन्छ । जो मानिसलाई कुनै कुरा प्राप्त गर्नका लागि तीब्र इच्छा हुन्छ यस्ता व्यक्तिलाई छिटो रिस उठ्ने मनोविज्ञहरु बताउँछन् । उनीहरुमा छिट्टै धैर्यता गुमाउँछन् । केही मानिसमा धैर्यको कमी, खाना छिटो खानु, मन अनियन्त्रित हुनु, कामकाजका बेला चिडचिडापन आउनु, रिसको बेला आफैलाई नोक्सान पु¥याउनु लगायतका व्यवयहार देखा पर्छन् ।

यसरी राख्नुहोस् रिसलाई नियन्त्रण-रिसलाई नियन्त्रणमा राख्नका लागि यो तरिका धेरै राम्रो तरिका मानिन्छ तर यो गाह्रो पनि हुन्छ । यदि तपाइ चुप बसेर केही बोल्नु भएन भने रिसाउने व्यक्तिका लागि धेरै राम्रो हुन्छ । किन कि, तपाई जति उसको विपरीत बोल्नुहुन्छ य त्यति नै भित्र भित्रै रिसाइरहेको हुन्छ । साथै योग ध्यानको सहाराले पनि रिसलाई नियन्त्रणमा राख्न सकिन्छ । ध्यानले व्यक्तिको जीवन शान्त र संतुलित हुन्छ अनि रिस नियन्त्रणमा आउछ ।

जहाँ लडाइ या रिसको स्थिति बनिरहेको छ त्यहाँबाट तपाई तुरुन्त बाहिरीनुहोस् । यसले व्यर्थको विवाद नहुने र तपाइ रिसाहा व्यक्तिबाट पनि बच्न सक्नुहुन्छ ।

त्यस्तै रिसाएको व्यक्तिको अगाडि बस्नु पर्दा आफ्नो आँखा र कान बन्द गर्नुहोस् । यसले तपाइले विपरित व्यक्तिको कुरा सुन्न पनि सक्नुहुन्न र देख्न पनि सक्नुहुन्छ यसकारण रिसाएको व्यक्ति पनि शान्त बन्छ ।

रिसले शरीरमा नराम्रो असर गर्छ- रिसले शरीरमा नराम्रो असर पार्ने अनुसन्धानकर्ताको भनाई छ । अनुसन्धानकर्ताका अनुसार रिसका बेला मस्तिष्कमा यस्तो रसायनिक तत्वको उत्पन्न हुन्छ कि त्यसले शरीरमा नराम्रो असर पार्छ ।

आँखा रातो हुने तथा मुटु पोलेको महसुस हुन्छ । यसले ब्लप्रेशर बढ्ने र आक्रामक भावना उत्पन्न हुन्छ । सोच्ने र सम्झने शक्ति कमजोर हुनुका साथै लगातार रिसाउनाले पाचनतन्त्र पनि कमजोर हुन्छ । यसले कब्जियत, एसिडीटी बढाउने र भोक हराउने हुन्छ । रिसले व्यक्तिलाई राम्रोसँग निद्रा नलाग्ने पनि हुन्छ । यसले पूरै स्वास्थ्यमा नराम्रो असर गर्छ ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १७:२६ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...