back
CTIZAN AD

मरभूमिमा अस्ताइन् नेपाली चेली सुकमाया

वि.सं.२०७६ मंसिर २३ सोमवार

792 

shares

२३ मंसिर, काठमाण्डौं । युएईमा कार्यरत एक नेपाली चेलीको निधन भएको छ ।  युएईको सारजहामा कार्यरत चितवनकी सुकमाया टमाटाको डिसेम्बर ५ मा मृत्यु भएको हो ।

चितवन आपटारीकी टमाटा डिसेम्बर ४ मा काम सकेर किनमेलका लागि बजार गएका बेला अचानक बेहोस् भएकी थिइन् । बेहोस् भएकी उनलाई आफू बस्ने कोठामा ल्याएका साथिहरुले उनी पुन बेहोस् भएपनि आजमानस्थित खलिफा अस्पतालमा पुर्याएका थिए । तर, अर्कोदिन बिहान ५ डिसेम्बरमा सुकमायाले संसार छाडेको डाक्टरहरुले घोषणा गरे ।

मुटुको समस्याले पीडित सुकमायाको हृदयघातबाट मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएको बताइएको छ ।

अर्कोदिन बिहान नेपाल फर्कने तयारीमा रहेकी टमाटाको अघिल्लो दिन मृत्यु भएको युएईमै रहेका उनका भाइ कमल टमाटाले संचारमाध्यमलाई जानकारी दिएका छन् ।

२ वर्ष अघि सारजहाको एक स्कुलमा हाउस किपिङका रुपमा युएईमा काम गर्न पुगेकी २३ वर्षीया टमाटाकी श्रीमान र ४ वर्षकी छोरी रहेको बताइएको छ ।

उनी एकमहिना अघिमात्र नेपाल आएर पुन : युएई फर्किएको र मुटुको समस्याले थलिएपछि पुन ः नेपाल फर्कन लागेको बताइएको छ ।

उनको शब नेपाल पठाउनका लागि दूतावासले पहल गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १६:४४ मा प्रकाशित

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी

काठमाडौँ । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानमा विस्तार...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...