back
CTIZAN AD

परीक्षणका लागि खानी विभागमा ल्याइयो मेलम्चीमा फेलापरेको सुनजस्तो धातु

वि.सं.२०७३ मंसिर २० सोमवार

867 

shares

२० मंसिर, काठमाडौँ । मेलम्ची खानेपानीको मुहानस्थित सिन्धुपाल्चोकको हेलम्बु–७ मा पाइएको सुन जस्तो धातु परीक्षणका लागि खानी तथा भूगर्भ विभागमा बुझाइएको छ ।

मेलम्ची खानेपानी विकास समिति, ह्योल्मो मेलम्ची सामाजिक उत्थान कार्यक्रम समिति, ह्योल्मो खानेपानी सरोकार समितिलगायत स्थानीयवासीको समूहले आइतबार विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरेलाई धातुको नमुना हस्तान्तरण ग¥यो ।

धातुको नमुना बुझ्दै महानिर्देशक घिमिरेले मङ्गलबारसम्म परीक्षणको नमुना आउने र त्यसपछि मात्र त्यस विषयमा केही भन्न सकिने बताउनुभयो ।

शुक्रबार हेलम्बुस्थित मेलम्ची खोलाको मुहानमा इन्टेकको काम गर्दा पाँच मिटर लम्बाइ र चारमिटर चौडाइको ढुङ्गामा सुन जस्तो टल्किने धातु भेटिएको स्थानीय भालु शेर्पाले बताउनुभयो ।

मुहानभन्दा ३० मिटरमाथिको ढुङ्गा काट्दा धातु भेटिएको मेलम्ची खानेपानी आयोजनाका परामर्शदाता प्रद्युम्नलाल प्रधानले सुनाउनुभयो । सुनजस्तो धातु पाइएको स्थान समुद्री सतहबाट एक हजार ४५५ मिटर उचाइमा पर्ने आयोजनाले जनाएको छ ।

वि.सं.२०७३ मंसिर २० सोमवार ०३:२७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...