back
CTIZAN AD

नेपालको विकासबारे क्यानडामा बहस

वि.सं.२०७३ मंसिर २० सोमवार

1K 

shares

concern-nepal-2

कन्सर्न नेपाल क्यानाडाले नेपाल र नेपालीको बिकासमा हामीले के कस्ता योगदान् गर्न सकिन्छ भन्ने बारे बहस कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रम क्यानाडाको ग्रेटर टोरोन्टोमा पर्ने मिसिसागाको सेन्ट्रल् लाइब्रेरीमा क्यानडाका लागि नेपाली अवैतनिक दुत डा. कुन्जर मणी शर्मा लगायत् नेपाली मुलका बिभिन्न संघ संस्थाका प्रमुखहरु र कम्युनिटीका प्रतिनिधि तथा सदस्यहरु सौहार्द पूर्ण बातावरणमा सम्पन्न भएको लायन मित्र काफ्लेले जानकारी दिनुभयो । ।
उक्त कार्यक्रमको सन्चालन् चन्द्र राइले गर्नुभएको थियो भने डा. तुल्सी धरेलले मन्तब्य भाषण गर्दै कार्यक्रमको सुरु गर्नुभएको थियो  ।
सुबाश दूतराजले समाजको बिकासमा कन्सर्न नेपालको भूमिकाको बारेमा छोटो मन्तब्य दिनुभयो  ।

अन्जनी भट्टराईले नेपालको बिकासमा हाम्रो कर्तब्य कस्तो हुनुपर्ने भन्ने हामीले आँफै जान्नुपर्छ भन्दै जतिसक्दो धेरै पर्यटक र लगानी नेपालमा भित्र्याउन सक्यो त्यत्ति  देशलाई फाईदा हुने बताउनु भयो ।
नबराज ढुंगाना ले ‘जेनोफोबिया’  Xenophobia ( Otherness to Togetherness ) को बारेमा कुरागर्दै नेपाली नेपाली बीच मेलमिलाप हुनु पर्नेमा जोड दिनुभयो  ।
डा. प्रितम् श्रेष्ठले प्रवासमा बस्ने सबै नेपाली नेपालको राजनीति छोडेर मिल्न सुझाब दिनुभयो । तुला भट्टचनले एन आर एन लाई सहयोग गर्न सुझाब् दिनुभयो  ।
एएनए भाइस प्रेसिडेन्ट एवम् लायन्स् क्लबका प्रेसिडेन्ट मित्र काफ्लेले आउँदै गरेको क्रिसमस र ईंग्लिश नयाँ बर्षको शुभकामना दिदै हरेक नेपालीहरुले आ-आफ्नो परिवार बलियो सामर्थवान बनाउदै जानुपर्ने र सकारात्मक सोच लिनुपर्ने भन्दै तेशो गर्नसक्यो भने मात्रै छिमेकी, समाज, नागरिक, आफुबसेको देश र मातृभूमीको बिकास गर्न सकिने बताउनुभयो । उहाँले स्टप नेगेटिब ( Stop Negative ) थिंक पोजेटिभ ( Think Positive )  को नारालाई हामी सबै नेपाली हरुले आत्मसाथ गर्नु पर्ने अत्यन्त जरुरी रहेको कुरामा जोड दिनु भयो ।

concern-nepal-canada-1

मगर संघका सचिब रमेश रानाले नेपाललाई अरुधेरै पर्मोट गर्नुपर्ने भन्नुभयो। केदार बस्नेतले राजनीति लाइ पनि दोस दिनु राम्रो होइन भन्दै मिलेर अघि बढ्नु राम्रो सुझाब् दिनु भयो । शेर्पा संघका आङ बारु शेर्पाले हाम्रो समाजको मेलमिलाप भनेको हार्म्रो बिकास हुनु हो भन्नुभयो । एन ज्याक्का गिरी प्रसाद बुढाथोकीले नेपाललाई चिनाउन खेलाडी हरुको पनि ठुलो भूमिका रहने भन्दै सकारात्मक सोचाइ राख्नुको बिकल्प नभएको बताउनु भयो ।  टुरिजम् दुत एन बि टण्डनले कुरा भन्दा काममा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

एन आर एन क्यानाडा महिला तथा बालबालिका कमिटिकी प्रमिला बस्नेतले नेपाली महिला हरुको पाठेघर झर्ने रोगको स्वास्थ उपचारको लागि हामी सबैले महिनाको १ डलर सहयोग गर्नेगरी बचन्बद्दता जनाउन आग्रह गर्नुभयो  ।
बेन्जामिन् शर्माले आफु नेपाली बोल्न नसकेपनी समाजको बिकास तथा कार्यक्रम को उत्तर उतर प्रगती को कामना गर्नुभयो ।  अवैतनिक दुत डा.  कुन्जर शर्माले नेपालको सिर ठाडो पार्दै माया गर्ने धेरै ब्यक्ती हरुको नाम हाम्रो इतिहास् ले राखेको कुरागर्दै मिलेर अघी बढ्न आग्रह गर्नुभयको थियो ।
कार्यक्रमको अन्तमा कन्सर्न नेपालका अभियन्ता गोविन्द सिवाकोटिले सम्पूर्ण सहभागिहरुलाई धन्यवाद दिदै कार्यक्रम को अन्त्य गरियको थियो  ।

वि.सं.२०७३ मंसिर २० सोमवार ०३:२० मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...