back
CTIZAN AD

गलैँचा उद्योगीलाई प्रोत्साहन गर्न कुनै कमी हुँदैन– प्रधानमन्त्री

वि.सं.२०७३ मंसिर १९ आइतवार

1K 

shares

१९ मङ्सिर,काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनमा केही जटिलता र अप्ठ्यारो देखिए पनि अब मुलुक आर्थिक समृद्धितर्फ नै अघि बढ्ने बताउनुभएको छ ।

केन्द्रीय गलैँचा उद्योग सङ्घ नेपालको २६औँ वार्षिक साधारणसभा तथा ५४आँै गलैँचा निर्यात वर्षको उपलक्ष्यमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “गलैँचा उद्योगीलाई प्रोत्साहन गर्न सरकारकातर्फबाट कुनै कमीकमजोरी हुन दिइने छैन ।”

नेपालको निर्यात प्रवद्र्धन र व्यापार सन्तुलन कायम राख्न ठूलो योगदान पु¥याउँदै आएका गलैँचा उद्योगीलाई आफ्नो पेसा व्यवसायलाई दृढताका साथ अघि बढाउन पनि प्रधानमन्त्री दाहालले सुझाव दिनुभयो । नेपालको गलैँचा उद्योगलाई प्रवद्र्धन गर्न सहयोग पु¥याउने राष्ट्र र त्यहाँका व्यवसायीप्रति उहाँले आभार प्रकट गर्नुभयो ।

सार्क उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरज वैद्य, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ लगायतका उद्योगी व्यवसायीले गलैँचा उत्पादन र निर्यातमा सरकारको परिणाममुखी सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

सङ्घका अध्यक्ष छिरिङ शेर्पाले साना, मझौला र ठूला गरी मुलुकमा करिब एक हजारको हाराहारीमा रहेका गलैँचा उद्योगले करिब एक लाख ५० हजार नागरिकलाई रोजगारी प्रदान गरिरहेको जानकारी दिनुभयो ।

नेपाली गलैँचाको अन्तर्राष्ट्रिय बजार बिस्तारका लागि अमेरिका, जर्मन, क्यानाडा, बेल्जियम, अस्ट्रेलिया, चीन, बेलायतलगायतका अन्य सम्भाव्य मुलुकमा आयोजना हुने अन्तर्राष्ट्रिय मेलामा सङ्घले आफ्नै पहलमा सहभागी गराउँदै आएको सो अवसरमा जानकारी दिइयो ।

नेपालबाट विदेश निकासी हुने सामग्रीमा गलैँचा पहिलो नम्बरमा रहेको छ । विसं २०४८/४९ मा मुलुकको कुल निकासीको ३० प्रतिशत हिस्सा गलैँचाले ओगट्दै आएको थियो । वार्षिक रुपमा ३३ लाख वर्ग मिटरसम्म विदेश निकासी हुने गरेको नेपाली गलँैचा अहिले छ लाख वर्गमिटरमा सीमित भएको छ ।

गलैँचा उद्योग एकताका ठूलोमात्रामा रोजगार प्रदान गर्ने क्षेत्रमात्र नभई सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने उत्पादन बनेको थियो । नेपाली गलैँचा आयात गर्ने राष्ट्रको सूचीमा हाल अमेरिकाले पहिलो स्थान ओगट्न सफल भएको छ ।

देशकै प्रमुख निर्यातजन्य वस्तु गलैँचा उद्योगलाई अन्तर्राष्ट्रिय जगतमा अझ बढी प्रचारप्रसार र प्रवद्र्धनमा सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई समारोहमा सम्मान प्रदान गरियो । रासस

वि.सं.२०७३ मंसिर १९ आइतवार १३:३३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...