back
CTIZAN AD

भूकम्पपीडितलाई पहिलो किस्ता वितरण गर्न रु २७ अर्ब ३० करोड 

वि.सं.२०७३ मंसिर १९ आइतवार

1.1K 

shares

१९ मङ्सिर,काठमाडौँ  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई पहिलो किस्ताको अनुदान वितरण गर्न अहिलेसम्म रु २७ अर्ब ३० करोड सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निकासा गरेको छ ।

मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइकाअनुसार मङ्सिर १९ गतेसम्म पाँच लाख ३० हजार ६४६ घरधनीसँग अनुदान सम्झौता भएको छ । तीमध्ये चार लाख ४४ हजार ४६२ घरधनीको पहिलो किस्ता बैंक खातामा जम्मा भइसकेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

“गत असोज १० गते बसेको निर्देशक समितिको बैठकको निर्णयअनुसार भूकम्पपीडित जनतालाई तीन किस्तामा रु तीन लाख अनुदान उपलब्ध गराउने गरी कार्यकारी समितिको ३८औँ बैठकबाट निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधिको परिमार्जित मस्यौदालाई अन्तिम रुप दिई मन्त्रिपरिषद्समक्ष पेस गर्ने निर्णय भएको छ”– उहाँले भन्नुभयो ।

चालु आर्थिक वर्षका लागि निर्देशक समितिको बैठकबाट स्वीकृत भएको रु एक खर्ब सात अर्ब बजेटमध्ये विभिन्न मन्त्रालय तथा निकायका कार्यक्रम स्वीकृत गरी चालुतर्फ रु २९ अर्ब ७८ करोड आठ लाख ९६ हजार र पँुजीगततर्फ रु २२ अर्ब ६३ करोड ६० लाख ७४ हजार अख्तियारी प्रदान गरिएको प्राधिकरणले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर १९ आइतवार १३:३० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...