back

बङ्गुरपालन व्यवसायले परिवारमा खुसी ल्यायो

वि.सं.२०७३ मंसिर १९ आइतवार

921 

shares

pig

कृष्ण दर्नाल,पाल्पा  । विदेशमा श्रमको मूल्य नपाउँदाको पीडा कस्तो होला ? ऋण खोजेर कतार पुग्नुभएका पाल्पा चाँपपानी गाविस– ५, चुनडाँडाका कोशल गाहाले व्यहोर्नु परेको घटना हो ।

कतारमा पैसा कमाएर ल्याउने आस गर्नुभएका गाहाले घरमा फर्कने बेला एक महिनाको तलब पाउनुभएन । तलब नपाएपछि कम्पनीका सबै साथीसँग मिलेर आन्दोलन गर्दा उहाँ प्रहरी नियन्त्रणमा तीन दिनसम्म बस्नुप¥यो ।

विदेशमा भएको दुःख र कष्टले घर फर्किन बाध्य गरायो र यहाँ आएपछि केही बङ्गुरका पाठी किनेर व्यावसायिक बङ्गुरपालनले बिस्तारै गाहाको दिनचार्यामा परिवर्तन आउन थालेको हो

ऋण खोजेर परदेशिएकालाई तलब नपाउँदाको पीडा कम हुँदैन । त्यही पीडा सम्झेर बङ्गुरपालन गर्न थालेका उहाँ अहिले जिल्लाकै बङ्गुरपालन गर्ने नमुना किसान हुनुहुन्छ । फार्ममा बङ्गुरका पाठापाठी बाह्रौमहिना खेलिरहदाँ गाहालाई रमाइलो लाग्छ । पीडाले पाठ सिकाएपछि बङ्गुरपालन गर्न थालेसँगै भएको आम्दानीले परिवारमा पनि खुसी ल्याएको उहाँ बताउँनुहुन्छ ।

यस भेगमा बङ्गुर बिरामी भएमा गाहालाई सोध्न आउँछन् । बङ्गुरले दानापानी खाएन, दिसापिसाब भएन, मुखभरि ¥याल निकाल्यो, अब के गर्ने भन्दै उहाँको घरमा गाउँलेको फोन आइरहन्छ ।

गाहाले टेलिफोनबाट नै सबै प्रकारका समस्या समाधान पनि गर्दै आउनुभएको छ । तिनलाई औषधिमुलो गर्ने मात्र होइन बङ्गुरले बच्चा पाउन सकेन भने शल्यक्रिया गरी बच्चा निकाल्न पनि पशुचिकित्सकको साहायता उहाँलाई चाहिदँैन ।

सामान्य लेखपढन गरे पनि गाहामा बङ्गुर सम्बन्धी राम्रो ज्ञान छ । घरमा भएको पाँच सातवटा बङ्गुरको माउ, पाठी र एउटा भाले बङ्गुरले नै गाहाको परिवारमा खुसी ल्याएको हो ।

मासिक सरदर सातसय रियलका लागि कतारमा विद्युत् वाइरिङको काम गर्न झन्डै दुई वर्ष परदेशिनुभएका उहाँ फर्केपछि वार्षिक रु पाँच सात लाखसम्म आम्दानी गर्न सफल हुनुुभएको हो ।

एक बेतमा एउटा बङ्गुरले १५ वटासम्म पाठापाठी पाउँछ । पाठापाठी उत्पादन गरी बेच्ने नै गाहाको प्रमुख व्यवसाय हो । एउटा पाठापाठी रु तीन हजार ५०० देखि रु चार हजारमा घरबाटै बिक्री हुन्छ । यहाँ उत्पादित बङ्गुरका पाठापाठी जिल्ला बाहिर रुपन्देही, कपिलबस्तु, अर्घाखाँची र नवलपरासीमा पनि निर्यात हुँदै आएको छ । रासस

वि.सं.२०७३ मंसिर १९ आइतवार १३:२८ मा प्रकाशित

Himalayan Life AD
सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाडाैँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा...

एकैदिन १० हजार ४ सय बढ्यो सुनको भाउ

एकैदिन १० हजार ४ सय बढ्यो सुनको भाउ

काठमाडौँ । आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नेशनल लाइफको एमडीआरटी सम्मान समारोह, उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान

नेशनल लाइफको एमडीआरटी सम्मान समारोह, उत्कृष्ट अभिकर्तालाई विशेष सम्मान

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन...

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

नेप्से परिसूचकमा ४२ अङ्कको वृद्धि, करिब १२ अर्बको कारोबार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै...