back
CTIZAN AD

प्रेस युनियनको महाधिवेशन निर्धारित समयमा नहुने

वि.सं.२०७६ मंसिर २६ बिहीवार

894 

shares

२६ मसिंर, काठमाडौँ । नेपाल प्रेस युनियनको महाधिवेशन निर्धारित समय यही मङ्सिर २८ र २९ गते नहुने भएको छ । युनियनले बुधबार एक विज्ञप्तिमार्फत राष्ट्रिय र महत्वपूर्ण सवालका विविध कारणले निर्धारित समयमै महाधिवेशन गर्न असमर्थ भएको जनाएको छ ।

महाधिवेशन तोकिएको विभिन्न समयमा संविधान कार्यान्वयनका लागि तीन तहका निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा प्रेस युनियन पनि लोकतन्त्रको पक्षमा माहोल बनाउन सक्रिय रहनुुपरेको, नेपाल पत्रकार महासङ्घमा लोकतन्त्रवादी पत्रकारहरूको बलियो उपस्थितिका लागि होमिनु परेको, प्रेस र नागरिक स्वतन्त्रता कुण्ठित गर्ने कानून विरुद्धमा आन्दोलित हुनुपरेको लगायतका कारणले महाधिवेशन प्रभावित भएको युनियनले बुधबार जनाएको हो ।

युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले विज्ञप्तिमार्फत करिब एक दर्जन जिल्ला र प्रतिष्ठान शाखाको अधिवेशन अझै पनि हुन नसकेको र केही जिल्लामा सहमति हुन बाँकी रहेको परिस्थितिले पनि महाधिवेशनलाई प्रभाव पारेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अध्यक्ष सिग्देलले अधिवेशन हुन बाँकी रहेका शाखाहरूको अधिवेशनमा अविलम्ब जुट्न युनियनकर्मीलाई आग्रह गर्दै विविध व्यवधानका बाबजुद केन्द्रीय समितिको अविलम्ब बैठक बोलाई महाधिवेशनको मिति तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लोकतन्त्रवादी पत्रकारहरूको साझा र अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो युनियन । साथै युनियन श्रमजीवी पत्रकार एवं सञ्चारगृहमा कार्यरत कर्मचारीको ट्रेड युनियन हो ।

वि.सं.२०७६ मंसिर २६ बिहीवार ०९:०१ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...