back
CTIZAN AD

धनुषामा बम विस्फोट हुँदा तीन जनाको मृत्यु, मृत्यु हुनेमा प्रहरीका इन्सपेक्टर पनि

वि.सं.२०७६ मंसिर २८ शनिवार

879 

shares

२८ मंसिर, धनुषा । धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिकै भएको बम विष्फोटमा प्रहरी इन्सपेक्टर सहित तीनजनाको मृत्यु भएको छ ।

शुक्रबार राति स्थानीय राजेश शाहको घर नजिक बम रहेको खबर पाउनासाथ धनुषा प्रहरी कार्यालयबाट प्रहरी इन्सपेक्टर अमिर कुमार दाहालको टोली त्यहाँ पुगेको थियो । तर, बम हेर्दाहेर्दै विस्फोट हुँदा घाईते भएका सातजना मध्ये तीनजनाको उपचारका क्रममा मृत्यु भएको हो । ‘इन्सपेक्टर दाहालको टोली बम राखेको खबर आएपछि त्यहाँ जानु भएको थियो, त्यहाँ पुगेर बम हेर्दाहेर्दै विस्फोट भयो, केही गर्नै पाएनौं ।’ धनुषा प्रहरी कार्यालयका इन्सपेक्टर अवदेश यादवले संसारन्युजलाई भने ।

मृत्यु हुनेमा ४५ वर्षीय राजेश शाह, उनका छोरा २४ वर्षीय आनन्द शाह र प्रहरी इन्सपेक्टर ४२ वर्षीय अमिर कुमार दाहाल (संखुवासभा) को मृत्यु भएको इन्सपेक्टर यादवले बताए । उनका अनुसार राजेश यादव र आनन्द शाहको साविक जनकपुर अन्चल अस्पताल (हालको प्रादेशिक अस्पताल) मा उपचारका क्रममा मृत्यु भएको र प्रहरी इन्सपेक्टर दाहालको धरानको घोपा अस्पतालमा उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको हो ।

घोपा अस्पतालमा प्रहरी जवान रिजनाथ महतो, राजशेकै छोरी अन्जली साह र प्रकाश साहको गम्भीर अवस्थामा उपचार भइरहेको पनि इन्सपेक्टर यादवले बताएका छन् । अन्य घाईते सामान्य उपचार गरेर घर फर्किएको पनि उनले बताए ।

उनका अनुसार डिएसपी रामेश्वर कार्कीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको र अहिले सम्म बम कस्ले राख्यो भन्ने कुरा बाहिर आइनसकेको पनि उनले बताएका छन् ।

वि.सं.२०७६ मंसिर २८ शनिवार ०९:१५ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...