back
CTIZAN AD

पर्वतमा पाँचसय हेक्टर भन्दा धेरै जमिन सिँचाइ हुने गरी २१ सिँचाइ आयोजना निर्माण हुने

वि.सं.२०७६ मंसिर २८ शनिवार

858 

shares

२८ मंसिर, पर्वत । पर्वतका स्थानीय तहमा २१ सिँचाइ आयोजना निर्माण हुने भएका छन् । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ५०० हेक्टरभन्दा धेरै जमीन सिँचाइ हुनेगरी आयोजना निर्माण हुन लागेका हुन् । कृषिमा आधुनिकीकरणसँगै खाद्यान्न, तरकारी र फलफूल खेतीलाई सिँचाइ सहज बनाउन फलेवास नगरपालिकामा मात्रै सात नयाँ सिँचाइ निर्माण हुन लागेका हुन् ।

त्यस्तै, कुश्मा नगरपालिकामा चार, पैयुँमा तीन, जलजलामा तीन, मोदीमा दुई र बिहादीमा दुई सिँचाइ आयोजना निर्माण हुन लागेका हुन् । चालू वर्षमै काम शुरु भएर सकिने गरी सञ्चालित आयोजनाले जिल्लाको ५१२ हेक्टर खेतीयोग्य जमीन समेट्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले जानकारी दिएको छ जसका लागि चालू वर्ष रु नौ करोड ५४ लाख बजेट छ ।

स्रोत भएर पनि सिँचाइ सहज हुन नसकेका क्षेत्र छनोट गरेर चालू वर्ष नै सक्नेगरी कतिपय आयोजना शुरु भइसकेको डिभिजन प्रमुख थलबहादुर तामाङले बताए । सिँचाइ आयोजना निर्माण हुने चरणमा रहेका अधिकांश ठाउँ धान, मकै, गहुँ र तरकारी बालीका लागि पकेट क्षेत्रका रूपमा छन् । थोरै लगानीमा किसानले धेरै प्रतिफल लिने क्षेत्रलाई छनोट गरी सिँचाइ आयोजना अगाडि बढाइएको उनले बताए ।

जिल्लामा २८ हजार ५९३ हेक्टर खेतीयोग्य जमीन भएकोमा परम्परागत सिँचाइ आयोजनाबाट सिञ्चित हुने जमीनको क्षेत्रफल नौ हजार ९४० हेक्टर जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । रासस

फाइल : फोटो

वि.सं.२०७६ मंसिर २८ शनिवार ०९:३९ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...