back
CTIZAN AD

आशलाग्दो केट‍ो जेठाजु परेपछि…

वि.सं.२०७६ मंसिर २८ शनिवार

1.2K 

shares

रवीन्द्र मिश्रलाई धेरैले विकृत राजनीति सच्याउने भावी राजनेताका रूपमा हेरेका थिए । पढेलेखेका, देशविदेश घुमेका, लामो समय पत्रकारिता गर्दा यावत विषय बुझेका, वाकपटुता भएकाले त्यस्तो आशा गर्नु अन्यथा थिएन । उनको पार्टीको नाम ´साझा´ जनजिब्रोमा झुन्डिने खालकै ह‍ो, चुनाव चिन्ह तराजु पनि जनतालाई चिनाउन कसरत गर्न नपर्ने खालकै पाएका हुन् । यिनले कुनै नयाँ विचार र दर्शन ल्याएर देशलाई नयाँ गति दिन्छन् कि भन्ने जनताको आशा स्वयंले मारिदिए आफै ´राजनेता´को ख‍ोजीमा निस्किएर !

बाबुराम त टेष्टेड थिए, उनको नेता छान्ने जागिरमा नियुक्तिलाई स्वाभाविक मान्न सकिएला तर रविनलाई त्यहाँ देख्दा म त छाँगाबाट खसेझैं भएँ !

राजनेता बन्न खोज्दा खोज्दै व्यापारिक कार्यक्रमको निर्णायकमा स्खलित हुन बाबुरामलाई तीस वर्ष लाग्यो, रवीन्द्रले यो काम तीन वर्षमै पूरा गरिदिए !

आफ्नो निर्णयमा पुनर्विचार गरेर नाम फिर्ता लिन्छन् कि भनेर दुई दिनसम्म पर्खिएँ तर साझाबाट कुनै वक्तव्य नआएकोले यति लेख्ने धृष्टता गरें ।

यो देशमा राजनेताको खडेरी परेको धेरै भयो । खोजी व्यापक भए पनि भेटिएन । शाही शासनकालमा राजा ज्ञानेन्द्रले ´स्वच्छ छविको´ प्रधानमन्त्री खोज्न कत्रो मेहनत गरे तर भेटेनन् । बरु परापूर्वकालमा हात्तीले लावण्य देशमा असल राजा नवराज भेटेको थिय‍ो । अहिलेको राजनेता खोज्ने प्रक्रिया हेर्दा त बरु त्यो काम हात्तीले नै कुशलतापूर्वक गर्न सक्छ जस्त‍ो लाग्य‍ो । एउटा हात्तीलाई पचास किलोको माला बोकाएर देश दौदाड गराउँ, सुँढले जसको गलामा माला पहिराउँछ त्यसैलाई राजनेता मानौं ।

वि.सं.२०७६ मंसिर २८ शनिवार १२:५४ मा प्रकाशित

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

नेपालमा घाँसको हेलेज प्रविधि, सम्भाव्यता

 हेलेजको परिचय, महत्त्व तथा नेपालमा नयाँ प्रविधि हेलेज (Haylage) भन्नाले...

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

अमरसिंह थापाको एकीकृत सैन्य रणनीति

नेपाल एकीकरण अभियान र नेपाल–अंग्र्रेज युद्ध (१८१४–१८१६) का प्रमुख नायक...

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...