back
CTIZAN AD

हीरक महोत्सवका अवसरमा रत्न लक्ष्मी माविले गर्यो २ करोड रकम संकलन

वि.सं.२०७६ मंसिर ३० सोमवार

921 

shares

३० मंसिर, बागलुङ । रत्नलक्ष्मी माध्यमिक विद्यालय गल्कोट नगरपालिका ११ रिघाको हीरक महोत्सव सम्पन्न भएको छ ।

हीरक महोत्सवको अवसरमा विद्यालयले झण्डै २ करोड ४० लाखआर्थिक संकलन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तारा बहादुर पुनले जानकारी दिएका छन् ।
‘प्रविधि युक्त गुणस्तरीय शिक्षा, सुदृढ भौतिक पुर्वाधार हाम्रो ईच्छा’ भन्ने मुल नाराका साथ विद्यालयले मंसिर २५ गतेदेखि स्वर्ण महोत्सव आयोजना गरेको थियो ।

संकलित रकमबाट विद्यालयले समय सापेक्ष गुणस्तरीय शिक्षा र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने मुख्य उद्धेश्य राखेको प्रधानध्यापक ताराबहादुर पुनले बताए । हीरक महोत्सवको समापन समारोहमा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले नगरको तर्फबाट विद्यालयलाई प्रविधी मैत्री शिक्षा, सुविधा सम्पन्न भवन र खेलमैदान निर्माणको लागी नगद रु १० लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

नगर प्रमुख गैरेले विद्यालय शिक्षालाई समय सापेक्ष र जीवन उपयोगी बनाउनुपर्ने बताउदै गलकोट क्षेत्रको विद्यालय शिक्षालाई प्रभावकारी बनाउन नगरपालिकाले बिशेष योजना लागु गर्ने बताए । स्थानिय सरकार प्रदेश सरकारको अस्तित्व नरहने गरि केन्द्रीय तहबाट बजेटको विनियोजन हुनु समृद्धिको सपनामा सिमित रहने उल्लेख गरे । उनले स्थानिय तहसँगको सहकार्यमा योजनाको प्राथमिकीकरण गरि बजेट बिनियोजन गर्न प्रदेश र केन्द्र सरकारलाई आग्रह गरे ।

हीरक महोत्सवमा आयोजित खुल्ला फुटवल प्रतियोगितामा बागलुङ नगरपालिका ११ विजयी भएको छ । सो अवसरमा विद्यालयस्तरीय भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, मयुर नृत्य, सोरठी नृत्य, बाल गीत तथा नृत्य, विद्यार्थीद्धारा पिटी प्रर्दशनी गरिएको थियो भनें विद्यालयलाई सहयोग गर्ने सहयोगदाता, जग्गादाता, चन्दादाता, पूर्वप्रधानाध्यापक, पूर्व शिक्षक कलाकार, पत्रकारलाई सम्मान गरिएको थियो ।

महोत्सवमा पूर्वसंविधान सभा सदस्य नर बहादुर पुन, गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारी, गलकोट नगरपलिका ६ का वडा अध्यक्ष नरबहादुर खत्री, गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण प्रसाद गौतम, साविक रिघा गाँउ विकास समितिका पूर्वअध्यक्ष गाँगा भुजेल, सामुदायिक सेवा केन्द्र गलकोटका अध्यक्ष मञ्जु शर्मा चालिसे, पूर्व प्रधानध्यापक हरि भण्डारीले मन्तव्य राखेका थिए ।

हीरक महोत्सव अवधिभर राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरु देवी घर्ती, कुलेन्द्र विश्वकर्मा, जुना श्रीस, प्रकाश सपुत, ईश्वर सिंह, सञ्जय पुन लगायतको सांगितिक प्रस्तुति रहेको थियो ।

वि.सं.२०७६ मंसिर ३० सोमवार १०:०३ मा प्रकाशित

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी ।  विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...