back
CTIZAN AD

रोजगारीनै रोजगारी, योग्यले दिनुहोस् आवेदन ?

वि.सं.२०७६ पुस २ बुधवार

798 

shares

२ पुस, काठमाडौँ । हिलवर्ड बचत तथा ऋण सहकारी संस्था लिमीटेडले दक्ष, सक्षम तथा अनुभवी केहि कर्मचारीहरुको माग गरेको छ ।

कालिमाटी स्थित उक्त संस्थाले सहायक ऋण अधिकृतमा १ र सहायक बजार अधिकृतमा १ जना बिबिएस वा सो सरहको शैक्षिक योग्यता पुगेका र बजार प्रतिनिधिमा ५ जना एसईइ पास भएका कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४२७९६१०, ०१–४२७४६४५ मा सम्पर्क गर्नुपर्ने छ ।

यसैबिच क्विन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि कर्जा अधिकृतमा १, बजार अधिकृतमा १, सहायक कर्जा अधिकृतमा १, सहायक बजार अधिकृतमा २, बजार प्रतिनिधिमा १० जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र, बायोडाटा सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र उक्त संस्थामा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ४४८३१८०, ४२५८६०३ वा ईमेलः hr@queensaving.com मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

त्यसैगरि ट्रस्ट नेपाल ओभरसेयस प्राइभेट लिमिटेडले पनि अफिस सेक्रेटरीमा २ र पब्लिक रिलेशन अफिसरमा ५ जना कर्मचारीहरुको आवश्यता रहेको जनाएको छ ।

थप जानकारीका लागि फोनः नं. ४३७७१९०, ४३७७१९६ वा ईमेलः management@trustnepal.com मा सम्पर्क गर्नुपर्ने सूचना दिइएको छ ।

वि.सं.२०७६ पुस २ बुधवार १०:३४ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...