back
CTIZAN AD

सुजुकी  एसिया च्यालेन्ज  ड्रिमकपमा नेपाली बाइक राइडर थापा  ११ औ स्थानमा

वि.सं.२०७३ मंसिर २० सोमवार

1K 

shares

bikram-thapa

नेपालका बाइक राइडर बिक्रम थापा सुजुकी एसिया च्यालेन्ज ड्रिमकप २०१६ को अन्तिम राउण्ड पार गरी ११ औं स्थान हासिल गर्न सफल भएका छन् । २ डिसेम्बरका दिन थाइल्याण्डमा आयोजित छनौट खेल  प्रतियोगितामा  २० खेलाडीमध्ये थापा १६ नम्बरमा परेका थिए  भने ३ डिसेम्बरको पहिलो चरणको खेलमा १६ नम्बरको ट्रयाकबाट आफ्नो खेल सुरु गरेका उनले १४ औ स्थान प्राप्त गर्न सफल भए । त्यस्तै  आज  आइतबार (४ डिसेम्बर) को अन्तिम दिनको खेलमा  पनि   १६ औ नम्बरकै ट्रयाकबाट खेलेका थापाले ११ औ  स्थान प्राप्त गर्न सफल भएका छन् ।

thapa2

खेलाडीहरुले भाग लिएको  उक्त  मोटरसाइकल  रेसरहरुको स्थानमा एसियाको १५ औ नम्बरमा  नेपाललाई  राख्न  थापा सफल भएका छन् । नेपालले भाग लिएको पहिलो वर्षमै  यो स्थानमा  संसारमै आफूलाई स्थापित गर्न  सफल बनाएका थापाका बारेमा  आयोजक राष्ट्र तथा  भागलिने अन्य राष्ट्रका  खेलाडीहरुले  विशेष चासोका साथ जिज्ञासा समेत राखेका थिए । संसारमै महुँगो र खतरनाक  मानिएको यो खेल नेपालमा पनि खेलिदो रहेछ भनेर धेरैले जिज्ञासा राखेको थापाले बताएका छन् ।

champianship

अन्तराष्ट्रिय रुपमा  खेल्ने अन्य खेलाडीले  राष्ट्रको सहयोग पाए पनि  आर्थिक सहयोग त परैजावोस सरकारको  सहानुभुति समेत नपाएका  विक्रमले आफ्नो पीडालाई  मन र मुटुमै लुकाएर टिमसदस्यहरुसँगै  निर्धकका साथ सबैलाई आफ्नो देशको बारेमा जानकारी दिदै एकपटक नेपाल आउनका लागि अनुरोध समेत गरेका थिए ।

 

वि.सं.२०७३ मंसिर २० सोमवार १०:२५ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...