back
CTIZAN AD

प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापालाई मातृशोक

वि.सं.२०७६ पुस ४ शुक्रवार

963 

shares

४ पुष, काठमाण्डौं । प्रवासी नेपाली मंच अमेरिकाका अध्यक्ष प्रभु थापालाई मातृशोक परेको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा लामो समयदेखि बस्दै आएका समाजसेवी थापाकी ममतामयी आमा नानीमाया थापाको ६९ वर्षको उमेरमा मृत्यु भएको हो ।

विगत चारवर्ष देखि मल्टीपल माइलोमा नामक रोगको उपचार गराइरहनुभएकी आमालाई थापाले अमेरिका लगेर न्युर्योकको एलमल्स अस्पताल तथा बाल्टिमोरको जन्सहकिम अस्पतालमा झण्डै ८ महिना उपचार गराएका थिए । उपचारपछि नेपाल फर्केर मणिपाल अस्पताल पोखरामा नियमित उपचार रहनुभएकी आमाको विहिबार दिउँसो ३ बजे मणिपाल अस्पतालमै मृत्यु भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

तनहुँको भानु नगरपालिका भकुन्थोकमा जन्मनुभएकी आमा नानी माया थापाको सात छोरा छन् । प्रभु थापा जेठा छोरा हुन् ।

आमाको मृत शरीर लम्जुङ घरमा लगिएको र तार्कुघाटमा दाहसंस्कार भइरहेको पनि श्रोतले जानकारी दिएको छ ।

ऐक्यबद्धता मासिक तथा संसारन्युजका शुभचिन्तक थापा तथा उहाँको परिवारमा परेको यस दुःखद घडिमा आमाको मृत आत्माप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछौं ।

सम्पादक
तथा, ऐक्यबद्धता प्रकाशन प्रालि परिवार

वि.सं.२०७६ पुस ४ शुक्रवार १३:०४ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

सिक्टा आयोजना निर्माणको बजेट बढाइयो

राँझा (बाँके) । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...