back
CTIZAN AD

तेस्रो अनेसास च्याप्टर सम्मेलन जापानमा हुने

वि.सं.२०७६ पुस ६ आइतवार

1.3K 

shares

६ पुष, जापान । संसारभरी छरिएका नेपाली साहित्यकारहरुको आधिकारिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ले आफ्नो तेस्रो अन्तराष्ट्रिय च्याप्टर सम्मेलन जापानमा गर्ने भएको छ ।

सन् २०२० को जनवरी १० तारिखदेखि १२ सम्म राजधानी टोक्योमा हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको अनेसास जापानका पूर्वअध्यक्ष तथा कार्यक्रमका संयोजक दीप पाठकले जनाएका छन् ।

सम्मेलनको उद्घाटन शत्र ११ तारिक शनिबार बिहान १० बजे हुनेछ ।

सम्मेलनमा केन्द्रीय कार्यसमिति सदस्यहरु, बोर्ड अफ ट्रस्टीहरु उपस्थित हुनेछन् । त्यसैगरि संसारभरी छरिएर रहेका दर्जनौ च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति हुने जनाइएको छ ।

‘संसारभरि छरिएर रहेका च्याप्टरका निर्वाचित सदस्य र केन्द्रीय प्रतिनिधिहरुबीच नजिकको सम्बन्ध बनाउन यस्तो सम्मेलन गरिन्छ । ‘अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरे भन्छन्, ‘मातृभूमिबाट टाढा रहेर पनि नेपाली साहित्यको प्रवद्र्धनमा लागिरहेका सयौं साहित्यकारहरुबीच सिर्जनाको गुणस्तर र हाम्रो साहित्यको अन्तर्राष्ट्रियकरणलाई पनि यस्ता कार्यक्रमहरुले मलजल गर्न मद्दत गर्दै आएको छ ।

सम्मेलनमा नेपाल, बेलायत, अस्ट्रेलिया, पोर्चुगल, कोरिया, इजरायल, कतार, जापान र अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका झण्डै सय साहित्यकारहरुको उपस्थिति हुने जनाइएको छ । प्रत्येक दुई वर्षमा हुने यस्तो सम्मेलन सन् २०१६ बाट सुरु गरिएको थियो । अघिल्लो पटक च्याप्टर सम्मेलन अमेरिकाको न्यु ह्यामशायरमा भएको थियो ।

‘विदेशमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्नु आफैमा निकै गाह्रो काम हो । तर यसअघिका अनुभवले हामीलाई साहित्यमा गर्नुपर्ने धेरै बाँकी रहेको बोध गराएको छ ।’ संस्थाका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ भन्छन्, ‘यस्ता सम्मेलनमा उठेका विषयकै कारण नेपाली साहित्यलाई अंग्रेजीलगायतका भाषामा अनुवाद गर्न थालेका छौं । टोक्यो सम्मेलनले पनि केही महत्वपूर्ण घोषणा गर्नेछ । साहित्यकै लागि साथीभाइहरु रातोदिन खट्नु भएको छ । परदेशमा यो निकै ठूलो त्याग हो ।‘

सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने, सन्स्थाको आन्तरिक छलफल गर्ने, बिभिन्न बिसयमा सामुहिक बहस गर्ने र टोक्यो घोषणापत्र जारी गर्ने तयारी रहेको केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले बताए ।

सम्मेलन केन्द्रीय कार्य समितीको आयोजना र जापान च्याप्टरको व्यबस्थापन र संयोजन रहेको छ । हालै मात्र जापान च्याप्टरले गजलकार गिरिजा गैह्रेको नेतृत्वमा नया कार्यसमिती चुनिएपछी च्याप्टरमा झनै सकृयता देखिएको छ । नवनिर्वाचित अध्यक्ष गैह्रे सम्मेलनका सह–संयोजक हुन् ।

वि.सं.२०७६ पुस ६ आइतवार ११:५२ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...