back
CTIZAN AD

कपडा बैंकमा नै कपडा अभाव , रित्तो हात फर्किदैँ सर्वसाधारण

वि.सं.२०७६ पुस ७ सोमवार

669 

shares

७ पुस, तनहँ । तनहुँको दमौलीमा स्थापना गरिएको कपडा बैंकमा कपडाको अभाव भएको छ । विपन्न समुदायका लागि निःशुल्क कपडा वितरण गर्न स्थापना गरिएको बैंकमा कपडाको अभाव भएको लायन्स क्लब अफ तनहुँ दमौलीले जनाएको छ ।
क्लबका सदस्यबाट सङ्कलन गरिएको रु चार लाखको लगानीमा गत असोज महिनामा कपडा बैंक स्थापना भएको थियो । हाल कपडा बैंकमा कपडा अभाव भएकाले विपन्न समुदायलाई कपडा वितरण गर्न समस्या परिरहेको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठ (राकु)ले जानकारी दिए ।

कपडा बैंक स्थापनाको छोटो अवधिमा नै तीन हजार परिवारलाई निःशुल्क कपडा वितरण गरिएको छ । “हाल दैनिक २०÷२५ जना कपडा लिन आउछन्, तर कपडा बैंकमा कपडा पर्याप्त छैन”, उनले भने, “खोजेको जस्तो कपडा नपाएपछि सर्वसाधारण रित्तै फर्कनुपरेको अवस्था छ ।”

पछिल्लो समय आर्थिक अभाव भएको कारण बैंकमा पर्याप्त मात्रामा कपडा राख्न कठिनाइ भएको जनाइएको छ । अध्यक्ष श्रेष्ठका अनुसार कपडा अभाव भएको जानकारी पाएपछि विदेशमा रहेका नेपालीहरुले चाँडै नै कपडा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

कपडा बैंकलाई दिगो बनाउन रकम सङ्कलन गर्ने उद्देश्यसहित क्लबले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । पुस १५ गते आयोजना हुने साङ्गीतिक कार्यक्रमबाट बचेको रकम कपडा बैंकमा लगानी गरिनेछ । “कपडा बैंकलाई दीर्घकालीन रुपमा सञ्चालन गर्न रकम अभाव भएकाले साङ्गीतिक कार्यक्रममार्फत रकम सङ्कलन गर्ने योजना बनाएका हौँ”, उनले भने, “नयाँ वर्षको अवसरमा युवायुवतीलाई मनोरञ्जन पनि हुने र क्लबको उद्देश्य पनि पूर्ति हुने विश्वास लिइएको छ ।”

‘हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस्’ भन्ने मूल मन्त्रसहित स्थापना भएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएको छ । उक्त कपडा बैंक सोमबार, बिहीबार र शनिबार खुला रहने गरेको छ ।

गत वर्ष आयोजित साङ्गीतिक कार्यक्रमबाट बचेको रकमले क्लबले अग्निपीडितलाई राहत, ह्विलचियर वितरण, शैक्षिक सामग्री वितरण गरेको थियो । उक्त कार्यक्रमबाट रु दुई लाख सङ्कलन गर्ने लक्ष्य राखिएको कार्यक्रमका संयोजक एवं क्लबका प्रथम उपाध्यक्ष सरोज भण्डारीले जानकारी दिए ।

प्राविधिक शिक्षाका विद्यार्थीलाई प्रोत्साहन
प्राविधिक शिक्षा अध्ययन गरिरहेका तनहुँको भानु नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकाको आर्थिक वर्ष ०७६\७७ को सामाजिक समावेशी कार्यक्रमअन्तर्गत महिलातर्फको विपन्न, जेहेन्दार बालिकालाई छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय, भानु संस्कृत माध्यमिक विद्यालय, चोक माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयबाट अध्ययनरत १६ जना प्राविधिकतर्फका छात्रालाई जनही रु नौ हजार ३७५ का दरले रकम प्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

वि.सं.२०७६ पुस ७ सोमवार ०८:५७ मा प्रकाशित

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरामा बहुवर्गीय निर्वाचन प्रणालीबारे बहस, गोपाल किराँतीद्वारा नयाँ अवधारणा प्रस्तुत

पोखरा । पोखरामा आयोजित एक वैचारिक अन्तरक्रिया कार्यक्रममा नेपालका कम्युनिस्ट...

चार लाख भारतीय रकमसहित पक्राउ

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगञ्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क...

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव– २०८३ सम्पन्न

वालिङ । नेपाली लेखक संघ (२००८), स्याङ्जाद्वारा ४४ औँ बि.पी....

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट...

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...