back
CTIZAN AD

‘ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षीय रणनीतिक बनाउँछु’ – पार्वत गुरुङ

वि.सं.२०७६ पुस ७ सोमवार

780 

shares

७ पुस, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षे रणनीतिक योजना बनाउने घोषणा गरेका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा ज्येष्ठ नागरिकसँगको अन्तरक्रियामा मन्त्री गुरुङले भने, “ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा प्रयोग हुनेगरी सरकारले ज्येष्ठ नागरिकसम्बन्धी १० वर्षे रणनीतिक योजना तयार गरेर कार्यान्वयनमा ल्याउने छ ।”

उनले ज्येष्ठ नागरिकको हित हुनेगरी सरकारले आगामी आवको नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षसँग आह्वानसमेत गरे । मन्त्री गुरुङले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई मुलुकको समृद्धिसँग जोडेर अघि बढ्ने गरी सरकारले १० वर्षे रणनीतिक योजना बनाउने तयारी गरेको अवस्थामा आवश्यक सुझाव दिन ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत सङ्घ, संस्था तथा विज्ञहरुलाई आग्रह गरे ।

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले राष्ट्रका लागि उत्कृष्ट योगदान पु¥याउने कम्तिमा १० जना ज्येष्ठ नागरिकलाई हरेक वर्ष १० लाख नगदसहित सम्मान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका अध्यक्ष मदनदास श्रेष्ठले सरकारले ज्येष्ठ नागरिकका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

वि.सं.२०७६ पुस ७ सोमवार ०९:०९ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...