८ पुस, काठमाडौँ । नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ ।
अवैधरुपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । विदेशी नागरिक यति ठूलो सङ्ख्यामा पक्राउ परेको यो नै सबैभन्दा ठूलो अपरेसन हो ।
पक्राउ परेकामध्ये धेरैजसो इन्टरनेट मार्फत हुने जुवा, सट्टेबाजी र अन्य ठगीसम्बन्धी आर्थिक अपराधमा संलग्नहरु छन् । चिनियाँ प्रहरीको अनुरोधमा पक्राउ परेका उनीहरुलाई लिन उतैबाट चार्टर्ड जहाज आउँद छ । मंगलबारको नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०७६ पुस ८ मंगलवार ०८:२२ मा प्रकाशित