back
CTIZAN AD

जेलभित्र भएको झडपमा थप १८ जनाको मृत्यु

वि.सं.२०७६ पुस ८ मंगलवार

660 

shares

८ पुस, होन्डुरस ।  होन्डुरसको मध्यक्षेत्रमा रहेको एक जेलमा कैदीहरूबीच आइतबार हिंसात्मक झडप हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको भएको यहाँका अधिकारीले बताएका छन् ।

होन्डुरसको जेलमा दुई दिन पहिले पनि दुई समूहबीच झडप हुँदा अन्य १८ कैँदीको मृत्यु भएको थियो भने अन्य १६ कैँदी सख्त घाइते भएका थिए । होन्डुरसका जेलमा हिंसात्मक झडपका दुई दिनको अवधिमा भएका दुई हिंसात्मक घटनामा ३६ जनाले ज्यान गुमाएका र दजनौँ व्यक्ति घाइते भएपछि सरकारले आफ्ना जेलहरूमा सङ्कटकाल घोषणा गरेको छ ।

यहाँको सुरक्षा नेतृत्वले झडपका समय बन्दीगृहको सुरक्षार्थ खटिएका सुरक्षा अधिकारीलाई छ महिनाका लागि निलम्बन गरी घटनाबारे अनुसन्धान अघि बढाएको छ । मध्य अमेरिकी मुलुक होन्डुरसको जेलहरूमा क्षमताभन्दा बढी कैँदीहरू राखिने गरिएको छ । कमजोर जेल प्रशासनको फाइदा हुँदै जेलभित्र पनि गुट उपगुट र तीनका नाइकेले आफ्नो प्रभाव देखाउन जेलभित्र हिंसात्मक आक्रमण हुनु होन्डुरसका लागि सामान्य घटनाजस्तै मानिन्छ । यहाँ पटक पटक यस प्रकारका घटना दोहोरिने गर्छन् ।

समाजमा आपराधिक गतिविधिमा सम्लग्न समूहका जेल बाहिर विभिन्न झगडामा प्रकट गर्न नसकेका रोषका घटनाले जेलभित्र हिंसात्मक स्वरूप लिने गर्छन् । होन्डुरसभरी जम्मा २७ बन्दीगृह रहेका छन् भने ती जेलमा करिब २२ हजार कैँदीलाई राखिँदै आएको छ ।

वि.सं.२०७६ पुस ८ मंगलवार १०:२९ मा प्रकाशित

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...