back
CTIZAN AD

सिरियाली विद्रोहीको आक्रमणमा रसियाली नर्सको मृत्यु, दुई चिकित्सक घाइते

वि.सं.२०७३ मंसिर २१ मंगलवार

771 

shares

२१ मंसिर, बेरुत (लेबनान) । सिरियाली प्राचीन सहर अलेप्पोमा काम गर्दे आएकी एक रसियाली नर्सको सोमबार विद्रोहीको आक्रमणमा परी निधन भएको रसियाली अधिकारीले जनाएका छन् ।

घटनामा दुई रसियाली चिकित्सक घाइते भएको जनाइएको छ ।

सरकार नियन्त्रित पश्चिमी अलेप्पोमा अस्थायी अस्पताल खडा गरी चिकित्सा सेवा प्रदान गर्दै आएका स्वास्थ्यकर्मीमाथि लक्षित गरी आक्रमण हुँदा यहाँका सिरियाली सर्वसाधारणलाई स्वास्थ्य सेवासमेत लिन सङ्कट पर्ने अवस्था आएको रसियाले बताएको छ ।

‘फिल्ड हस्पिटल’ स्थापना गरी सेवा पु¥याउँदै आएका नर्स तथा चिकित्सकलाई विद्रोहीले आक्रमणको निशाना बनाउनु गलत भएको भन्दै यसप्रति रसियाले चासो व्यक्त गरेको छ । एपी

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:२० मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...