back
CTIZAN AD

जापानी प्रधानमन्त्री आवेले अमेरिकी पर्ल हार्वरको भ्रमण गर्ने

वि.सं.२०७३ मंसिर २१ मंगलवार

699 

shares

२१ मंसिर, टोकियो (जापान) । जापानका प्रधानमन्त्री सिन्जो आवेले डिसेम्बर २६ र २७ मा अमेरिकी नौ सेनाको हवाईस्थित शिविरको भ्रमण गर्नु हुनेभएको छ ।

आवे जापानले अमेरिकी नौसेनाको शिविरमा सन् १९४१ मा आक्रमण गरेपछि हवाईस्थित उक्त शिविरको भ्रमण गर्ने पहिलो जापानी उच्च अधिकारी हुनु हुनेछ ।

जापानी प्रधानमन्त्री आवेले हवाई आक्रमण भएको ७५ औँ वर्ष पुग्नुभन्दा ठिक दुई दिन पहिले अप्रत्यासित रूपमा अमेरिकी राज्य हवाईको भ्रमण गर्ने विषयबारे एक संक्षिप्त विज्ञप्ति जारी गरी सोमबार जानकारी गराउनुभएको हो ।

अमेरिकी राष्ट्रपतिका रूपमा करिब छ महिना पहिले वर्तमान राष्ट्रपति बाराक ओबामाले दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ मा जापानविरुद्धको आक्रमणमा जापानी सहर हिरोसिमा र नागासाकीमा बम खसालेको स्थानको भ्रमण गर्नुभएको थियो । उक्त आक्रमणमा एक लाखभन्दा बढी जापानी नागरिकको मृत्यु भएको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा र आवेले हवाईमा सँगै भ्रमण गर्ने आवेको निकटस्रोतले बताएको छ । भ्रमणबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै जापानी प्रधानमन्त्री आवेले भन्नुभयो, “जापान कहिल्यै पनि युद्धका दुःखद घटनालाई प्रोत्साहित गर्ने छैन । म यो प्रतिबद्धतासहितको सन्देश सबैमा दिन चाहन्छु । यति नै बेला मैले जापान र अमेरिकाबीचको पुनःमिलनको खबर विश्वसामु प्रवाह गर्न चाहन्छु ।”

ह्वाइट हाउसले पनि डिसेम्बर २७ मा ‘दुई नेता’ (ओबामा र आवे) ले हवाई नौसैनिक आधार शिविरको भ्रमण गर्ने कार्यक्रम रहेको पुष्टि गरेको छ ।

जापानले हवाईस्थित सैनिक अखडामा गरेको आक्रमणमा दुई हजार ३०० भन्दा बढी अमेरिकी अधिकारीको मृत्यु भएको थियो । अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री आवे डिसेम्बर २७ को बिहानै हवाईस्थित नौसैनिक शिविरको भ्रमण गर्ने र बिहान ७ः५५ बजे केही क्षण मृतकको सम्झनामा एक मिनेट मौनधारण गरिनेछ । मौनधारणपछि जापानी प्रधानमन्त्रीले उक्त शिविरको निरीक्षण गर्नु हुनेछ ।

भ्रमणबारे सञ्चारकर्मीसँग बोल्दै जापानी प्रधानमन्त्री आवेले भन्नुभयो, “अमेरिकी राष्ट्रपतिसहितका अधिकारीसँग हवाईमा हुने हाम्रो कुराकानी जापान र अमेरिकाबीच भविष्यमा अहिलेसम्मकै मजबुत सहकार्य हुने कुरा विश्वलाई जानकारी दिने एक क्षण बन्नेछ ।” एपी

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:२२ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...