back
CTIZAN AD

नेपाल–भारत सम्बन्ध : जनसम्बन्ध बनाम शासकीय सम्बन्ध

वि.सं.२०७६ पुस ९ बुधवार

792 

shares

भारत र नेपालबीचको सम्बन्धका अनेकौं आयामहरु रहेका छन् । यो सम्बन्धलाई एउटै तहमा र कोणबाट मात्र बुझ्न सकिन्न । धार्मिक, सांस्कृतिक, भाषिक, आर्थिक, राजनीतिक, सामरिक आदि अनेकौं तहमा यी सम्बन्धहरु फैलिएका र जेलिएका छन् । यी सम्बन्धहरुले शासक वर्गका लागि एउटा अर्थ बोकेका छन् भने आम जनताका लागि अर्को अर्थ बोकेका छन् ।

बजार वा व्यापारीवर्गका लागि यो सम्बन्धको मुख्य मेरुदण्ड मुनाफा हो । सीमामा तैनाथ दुवैतर्फको प्रशासनतन्त्रको एउटा हिस्साका लागि यो सम्बन्धको अर्थ कालो कमाई पनि हो जहाँ तैनाथीका लागि लाखौं–करोडौंको खेल हुने बताइन्छ । मानव तस्करहरु र चेलीबेटी बेचबिखनमा लिप्त भएकाहरुका लागि खुल्ला र बेरोकटोक सीमा भएका दुवै मुलुकबीचको सम्बन्धको छुट्टै महङ्खव छ । एक–अर्का मुलुकका विरुद्ध सशस्त्र युद्ध छेडेका समूहहरुका लागि यो सम्बन्धको झनै महङ्खव छ । नेपालको राजधानी लगायतका विभिन्न गाउँ–देहातमा आफ्नो पसीना बगाउने बिहार र उत्तरप्रदेशतिरका श्रमिकहरुका लागि यो सम्बन्ध एकातिर राम्रो कमाई र अर्कोतिर भैया आदि भनेर कतिपय नेपालीहरुबाट हुने हेपाहा व्यवहारमा अभिव्यक्त हुने गर्दछ । त्यसैगरी भारतको पञ्जाब र हिमाचलतिरका खेतहरुमा काम गर्ने वा दिल्ली, बम्बईतिर होटल–कोठीमा काम गर्ने नेपालका श्रमिकहरुका लागि यो सम्बन्धको अर्थ हो रेल यात्रामा वा भारत–नेपाल सीमामा भारतीय पुलिसबाट हुने असुली र उत्पीडन ।

सञ्चारमाध्यम र नेपाल–भारत दुवैतर्फका विशेषज्ञहरुका लागि नेपाल–भारत सम्बन्ध विशेष भए पनि र सामान्य भए पनि त्यसको एउटा विशेष अर्थ छ जसबारे लेख्दा अखबारका पाठक बढ्छन्, टिभीका दर्शक बढ्छन् । जसबारे ‘कामगर्दा’ एनजीओले बढी रकम प्राप्त गर्न सक्तछन् । यो सम्बन्धको केन्द्रमा दुई महानगर छन् जो दुवैतिरका शासक वर्गका वासस्थान हुन् अर्थात् दिल्ली र काठमाडौं । दुवैका लागि यो सम्बन्धको फरक–फरक अर्थ छ ।

दिल्ली नेपालसहित पूरै दक्षिण एसियालाई आफ्नो प्रभाव क्षेत्रमा राख्न चाहन्छ तर त्यसमा ऊ हमेशा विफल हुने गरेको छ । यसै कारण उसले भुटानबाहेकका सबै छिमेकीहरुलाई आफूभन्दा टाढा पु¥याएको छ । अर्कोतिर काठमाडौं राजा त्रिभुवनका पालादेखि बारम्बार आफ्नो स्वतन्त्र अस्तित्वको पुष्टि गर्न अभिशप्त छ । त्यसमा भने हालका वर्षहरुदेखि ऊ केही सफल भएको देखिन्छ । अगाडिका पंक्तिहरु भारत–नेपाल सम्बन्धको यसै तर्क–रेखामा केन्द्रित छन् ।

दुवै मुलुकबीचको इतिहास सहयोग र संघर्षको इतिहास हो । सन् १८५७ को भारतीय सिपाही विद्रोह र त्यसको वरपर, १९४२ को भारत छोडो आन्दोलनका दौरान र १९७५ को संकटकालका दौरान भारतीय क्रान्तिकारीहरुलाई नेपालका जनता र सरकारले समेत सहयोग गरेको गौरवपूर्ण इतिहास रहेको छ । सात साल वरपर नेपालका क्रान्तिकारीहरुलाई भारतीय जनताले न्यानो काख प्रदान गरेको इतिहास पनि कम महत्वपूर्ण छैन । तर, जनस्तरबाट गरिने पारस्परिक सहयोगको मुक्त आकाशलाई दुवै मुलुकका शासकवर्गबीच बेला–बेलामा भइरहने संघर्षका काला बादलहरुले बारम्बार छोप्ने गरेका छन् । मुख्यतः यस्तो संघर्षको कडी भारतीय शासकवर्गको हेपाहा प्रवृत्तिसित जोडिने गरेको छ । अगाडिका पृष्ठहरुमा यिनै विषयवस्तुहरुको सेरोफेरोमा रहेर असीको दशकदेखिका मुख्य– मुख्य घटनाहरुलाई केलाउने प्रयास गरिएको छ । सन्दर्भका रुपमा त्यो भन्दा केही परको कालखण्डमा घटेका घटनाहरु समेत तिनमा यत्रतत्र परेका छन् । ब्रिटिशकाल र नेहरुकालमा मात्र नभएर मोदी नेतृत्वको वर्तमान भारतीय कालखण्डसम्म आउँदा पनि किन भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा खासै फरक आएको छैन भन्ने बुझ्नका लागि आजभन्दा ७७ वर्ष पहिलेको इतिहास तिर नजर लगाउनु जरुरी हुन्छ ।

धानमन्त्री जवाहरलाल नेहरुले भारतीय संसदमा दिएको भाषणमा भनेका थिए :
बेलायती शासनको पालादेखि नेपाललाई एउटा स्वतन्त्र देश भनेर भन्ने गरिएको थियो । तर खासमा भन्दा नेपाल आनो घरेलु मामिलामा बाहेक अरुमा स्वतन्त्र थिएन । नेपालको वैदेशिक मामिला नेपालकै इच्छानुसार ब्रिटिश भारतसित जोडिएको थियो । हाम्रो हातमा शासन आएपछि हामीले नेपाललाई एउटा मजबुत देशका रुपमा देख्न चाह्यौं । हामीले नेपालको स्वतन्त्रतालाई मान्यता प्रदान ग¥यौं । तर एउटा बालकलाई पनि थाहा छ कि तपाइँ भारतको बाटो भएर मात्र नेपाल प्रवेश गर्न सक्नुहुन्छ । तसर्थ हाम्रो नेपालसितको सम्बन्ध अत्यन्त निकट छ । कुनै पनि अन्य देशको नेपालसित यति नजीकको सम्बन्ध हुन सक्तैन । अन्य देशहरुले यो भौगोलिक, सांस्कृतिक र अन्य सम्बन्धहरुको निकटतालाई बुझ्नै पर्दछ, त्यो भन्दा अन्य विकल्प छैन ।

भारतका एक अर्का प्रधानमन्त्री मोरारजी देसाई भन्छन्ः भारत र नेपालबीचको सम्बन्ध (१९५० को सन्धि) त्यति नै पवित्र छ जति पशुपतिनाथको मन्दिर पवित्र छ ।
‘म भारतीय प्रधानमन्त्रीज्युलाई एउटा प्रश्न सोध्न चाहन्छु : उपमहाद्वीपमा भारतलाई ठुल्दाईका रुपमा हेर्ने गरिन्छ । तपाइँको भ्रमणबाट यो धारणालाई बदल्ने प्रयास गरेको तपाइँ ठान्नुहुन्छ ?
नरसिंह राव : मानवीयरुपमा जति सम्भव हुन्छ त्यो मैले गर्ने कोशिश गरेको छु । कुनै यस्तो तरीका छैन जसबाट मैले आनो आकार बदल्न सकूँ । कृपया यो कुरा बुझिराख्नोस् ।’

(प्रस्तुत विचार पन्तको ‘नेपाल भारत र छिमेक”  पुस्तकबाट क्रमश : प्रस्तुत गरिएको छ । )

वि.सं.२०७६ पुस ९ बुधवार ११:३६ मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...