back
CTIZAN AD

वार्षिकोत्सवका अवसरमा सिद्धार्थ बैंकले ल्यायो विशेष छुट

वि.सं.२०७६ पुस ९ बुधवार

1.1K 

shares

९ पुस, काठमाडौँ । १७ औं वार्षिकोत्सवका अवसरमा सिद्धार्थ बैंकले कार्डमार्फत सामान खरिदमा छुटदेखि अनलाइन कारोबार गर्दा क्यासब्याक दिनेसम्मका योजना ल्याएको छ ।

पुस ९ गते रहेको १७औं वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले ३१ दिनसम्म लागू हुने गरी छुट पुस ९ गतेदेखि माघ १० गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले दराजमार्फत सामान खरिद गरी कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउनेछन् ।

त्यसैगरी, पिओएस मेसिनमार्फत एक महिनाभित्र कम्तीमा तीनपटक गरी १५ हजार रुपैयाँको कारोबार गर्दा १ हजार क्यासब्याक पाइनेछ भने बैंकको स्मार्ट बैंकिङमार्फत पहिलोपटक अधिकतम ५ सय रुपैयाँको मोबाइल टपअप गर्दा २० प्रतिशत क्यासब्याक पाइने बैंकले जानकारी दिएको छ ।

त्यसैगरी पहिलो दुईपटक ५ सय रुपैयाँ वा सोभन्दा बढीको अनलाइन कारोबार गर्दा ५ सय रुपैयाँ नै तथा पिओएस मेसिनमार्फत पहिलो दुईपटक ५ सय सोभन्दा बढी रकमको कारोबार गर्दा ३ सय ८२ रुपैयाँ क्यासब्याक पाउने बैंकले जनाएको छ ।

यसैबीच सद्धार्थको थप शाखा प्रदेश नम्बर ५ को लुम्बिनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।बैंकले सुनसरीको दुहबी शाखा र गढी शाखा, सिराहाको गोलबजार शाखा र लहान शाखाको औपचारिक उद्घाटन गरेका हुन् ।

बैंकको दुहबी शाखाको दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदार, गढी शाखाको गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, गोलबजार शाखाको गोलबजार नगरपालिकाका मेयर देवनाथ शाह र लहान शाखाको लहान नगरपालिकाका मेयर मुनी शाह सुडीले उद्घाटन गरेको बैंकले जानकारी दिएको छ । बैंकले यी शाखाबाट यसअघि नै वित्तीय कारोबार भने गदै आएको थियो ।

लुम्बिनी शाखासँगै बैंकले १ सय ७६ शाखा, १ सय १ शाखारहित बैंकिङ सेवा, १ सय ९५ एटिएममार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ  । बताइएको छ ।

वि.सं.२०७६ पुस ९ बुधवार ११:३५ मा प्रकाशित

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...