back
CTIZAN AD

कुकुर खोज्न विमान परिचालन गरिएपछि…

वि.सं.२०७६ पुस ९ बुधवार

1.1K 

shares

मानिस हराएपनि विमान परिचालन गरेर नखोजिने शहरमा कुुकुर हराउँदा विमान परिचालन गरेर खोजिएको समाचार छ । सन फ्रान्सिस्कोकी एमिली टेर्लोमा नामकी एक महिलाको ५ वर्षको ककुर ग्रोसरीबाट हराएपछि उक्त कुकुर खोज्नको लागि विमान परिचालन गरिएको बताइएको छ । कुकुर खोज्नका लागि एक वेवसाइट पनि सुरु गरिनुका साथै भेटाउनेलाई ८ लाख रुपैयाँ भन्दा बढी पुरस्कार दिने घोषणा समेत गरिएको छ ।

विमानबाट खोजी सुरु गर्दा पनि उक्त कुकुर भेटाउन नसकिएको समाचार छ । तर पनि कुकुरकी मालिक्नीले आफूले हार नखाएको र उक्त कुकुर खोज्नका लागि आफूले जे पनि गर्न सक्ने बताएकी छन् । उनी भन्छिन–‘म कुकुर खोज्नका लागि जे पनि गर्न सक्छु, किनकी म कुकुरलाई धेरै माया गर्दछु ।’ उनले उक्त कुकुर खोजीका लागि विमान कम्पनीलाइ भुक्तानी गरिसकेको समेत बताइएको छ ।

डिसेम्बर १५ मा एमिलीको अष्ट्रेलियन सेर्फड ज्याक्सन नामक कुकुर एक ग्रोसरीबाट चोरी भएको हो ।

उक्त कुकुरको जानकारी www.bringjacksonhome.com नामक साइटमा दिइएको समेत बताइएको छ । वेवसाइटमा कुकुरका बारेमा जानकारी दिनुका साथै उसको रंग, हुलिया, आँखाको बारेमा र कुकुरको वजनका बारेमा जानकारी दिइएको छ । उनले उक्त कुकर खोज्नका लागि सहयोग गर्न अनुरोध समेत गरेकी छन् ।

८ करोडको कुकुर हराएपछि…

वि.सं.२०७६ पुस ९ बुधवार ११:२९ मा प्रकाशित

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन

काठमाडौँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन...

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

रेड पाण्डाको छाला सहित एक जना पक्राउ

भक्तपुर ।  भक्तपुर नगरपालिका(१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तव बीच भेट

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...