back
CTIZAN AD

११ वर्षपछि ठगीको रुपमा देखिदैँ रानी र सैफ

वि.सं.२०७६ पुस ९ बुधवार

777 

shares

९ पुस, काठमाडौँ । हालै यशराज फिल्मले ‘बन्टी और बबली –२’ को घोषणा गरेको छ । जसमा ठगको रुपमा देखिने भएका छन् सैफ अली खान र रानी मुखार्जी ।

सन् २००५ मा प्रदर्शन भएको चलचित्र ‘बन्टी और बबली ’ को सिक्वेल बनाउने कुरा लामो समयसम्म चर्चामा रह्यो र हालै यसको सिक्वेल बन्ने घोषणा गरिएको हो । उक्त चलचित्रको सिक्वेलमा खान र मुखार्जी सिनियर ठकको भूमिकामा देखिँदै छन् भने सिद्धान्त चतुर्वेदी र सरवरीको जोडी लिड रोलमा देखिने बताइएको छ ।

वरुण शर्माले निर्देशन गर्ने उक्त चलचित्रमा खानले अभिषेक बच्चनलाई रिप्लेस गरेका छन् । यो फिल्मका लागि अभिषेक बच्चन निर्माताको पहिलो प्राथमिकतामा थिए तर बच्चनले फिल्ममा काम गर्न अस्वीकार गरे पछि उक्त फिल्ममा खानले प्रवेश गरेका हुन् ।

हाल बन्दै गरेको ‘बन्टी और बबली –२ को लागि खान र मुखार्जी दुवै उत्साहित भएका छन् भने खानले यो फिल्मसँग जोडिन पाएकोमा आफू खुशी भएको व्यक्त गरेका छन् । ११ वर्षपछि एक साथ देखिँदै गरेका खान र मुखार्जीको पछिल्लो फिल्म २००८ मा आएको ‘थोडा प्यार थोडा म्याजिक’ रहेको बताइएको छ ।

वि.सं.२०७६ पुस ९ बुधवार ११:४० मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...