back
CTIZAN AD

सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १० प्रतिशतसम्म छुट

वि.सं.२०७६ पुस ९ बुधवार

915 

shares

९ पुस, काठमाडौँ । सनराइज बैंकले आफ्ना ग्राहकलाई टर्किस एयरलाइन्समा १० प्रतिशत सम्म छुट दिने भएको छ ।
बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा छुट दिने क्रममा अहिले ट्राभल र टुरिजम क्षेत्रमा छुट दिने उद्देश्यले टर्किस एयरलाइन्ससँग सम्झौता गरेको हो ।

मंगलबार प्रधानकार्यालय गौरीधारमा भएको कार्यक्रममा टर्किस एयरलाइन्सको तर्फबाट नेपालका लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केटिची ( AbdullhaTuncerKececi)  र  बैंकका तर्फबाट बैंकका  प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेको विज्ञप्तीमा जनाइएको छ ।

यस सम्झौता अनुसार सनराइजका ग्राहकले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक्स क्लासमा ७ पतिशत सम्म र बिजनेस क्लासमा १० पतिशत सम छुटको पाउने बैंकले बताएको छ ।

साथै उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमा जाँदा थप १० केजी सम्म सामान लान पाउने छन् । यो छुट पाउनका लागि ग्राहकले टर्किस एयरलाइन्सको काठमाडौँमा रहेको नारायणहिटी पथ कार्यालयमा परिचयका साथ बैंकको कार्ड देखाएर टिकट खरिद गर्नुपर्ने बताइएको छ ।

वि.सं.२०७६ पुस ९ बुधवार १२:१३ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...