back
CTIZAN AD

साहित्यकार शेरचन भन्छिन्– निलमको दोष नभइ बुद्धिमानी निर्णय हो

वि.सं.२०७६ पुस १० बिहीवार

834 

shares

गायक रामकृष्ण ढकाल तथा निलम शाहबीचको सम्बन्ध विच्छेदबारे आ–आफ्नो धारणा राख्ने र टिकाटिप्प्णी गरिएका छन् । ती जोडीले सम्बन्ध विच्छेदनै गर्न किन पुगे भन्ने टिकाटिप्पणीकै बीच साहित्यकार उषा शेरचनले बोलेकी छिन् । धेरै मान्छेको धेरै टिप्पणीहरु पढेर चुपचाप बसिरहे पनि एक अनलाइन पत्रिकाले लेखेको समाचार पछि भने आफू बोल्न बाध्य भएको बताएकी छिन् । उनले सो समाचार यदि सत्य हो भने निलमले सम्बन्धविच्छेद गरेर बुद्धिमानी निर्णय गरेको लेखेकी छिन् ।

साहित्यकार शेरचनले लेखेकी छन् :
“हामी सबैका अत्यन्तै प्रिय गायक अनि अत्यन्तै सुन्दर एवम् मायालु जोडीको सम्बन्ध बिच्छेदको खबर जतासुकै आगोझैँ फैलिरहदा र प्रसिद्ध एवम् अत्यन्तै लोकप्रिय अग्रज गीतकार राजेन्द्र थापा दाइले मेरो टाइमलाइनमा ट्याग गर्नु भएको पढेर पनि चुपचाप बस्नुको कारण अर्काको निजी जीवनमा पटक्कै चासो नराख्ने मेरो बानीले पनि हो । त्यसैले मैले केही कमेन्ट नगरी बसेकी थिएँ !

तर अहिले भने यो अनलाइन पत्रिकामा लेखिएको ‘क्यासिनोको लत रामकृष्णको जीवनमा अभिषाप बन्यो । जति कमाएका थिए, त्यो सवै उनले क्यासिनोमै गुमाए ।’ यी हरफहरूले भने मलाई निकै झस्कायो ! हुनत अचेल अनलाइन पत्रिकाहरूले पनि चाहिने नचाहिने सबै लेख्ने हुदा अनलाइनका खबरहरू पत्याउनै गार्‍हो हुन्छ । किनभने कतिपय कुराहरू सत्यतथ्य नहुन पनि सक्छ १ यदि यो कुरा हावादारी गफै हो भने मेरो भन्नू केही छैन । र, यसको प्रतिकार गायक स्वयंले गर्नु नै हुनेछ । तर यदि यो कुरा सत्य हो भने त निलमले सम्बन्ध बिच्छेद गर्नु निलमको दोष नभइ बुद्धिमानी निर्णय हो भन्छु म त !

कुनै पनि श्रीमतीले आफ्ना श्रीमान बिग्रोस् भत्कोस् भनेर चाहदैन यो पक्का कुरा हो । आफ्ना सन्तान र श्रीमान् सधैं आफूभन्दा मात्रै होइन सबैभन्दा माथि नै होस् र प्रगति नै गरोस् भन्ने चाहन्छन् हरेकका श्रीमती र आमाले यो पनि उतिकै सत्य हो फेरि । लोग्नेमान्छेलेजस्तै श्रीमतीले गरेको प्रगतिमा लोग्ने हुनुको अहममा चोट पुगेको अनुभूत गरेर हीनताबोध गरेझैं गर्दैनन् महिलाहरू । नत ईर्ष्या बोध अनि अपमानित नै महसुस गर्छन् महिलाहरूले ! बरू उल्टै गर्व गर्ने गर्छन् । अपवादमा कोहीकोही हुनसक्लान् त्यो बेग्लै कुरा भयो !

जाँडरक्सी खाने, लागू औषधको सेवन गर्ने, परस्त्रीगमन व्यभिचार तर्फ लाग्ने, जुवातास खेल्ने अनि वैवाहिक बलात्कार गर्ने श्रीमतीको पीडा कति हुन्छ भनेररुअनुमानै गर्न सकिन्न । यो अनुमान भन्दा पनि हजारौं गुना बाहिरको कुरा हो ।

आफ्नो श्रीमान् सच्चियोस् भनेर अन्तिम विन्दुसम्म पनि प्रयास गरिरहेकी हुन्छे । परिवार समाजको अगाडि आफ्नो इज्जत जोगाउन साम दाम दण्ड भेद सबै अपनाएर पनि केही सीप नलागेपछि मात्रै यस्तो कदम उठाउन बाध्य हुन्छन् स्वास्नीमान्छे !

श्रीमान श्रीमतीमा परिणत भइसकेपछि माया र प्रेमसँगसँगै बानी बेहोरा पनि हिंड्ने हुँदा आफ्नो नराम्रो बानीलाई छाड्दै जान सकेन भने माया र प्रेम बिस्तारै ओरालो लाग्न शुरु गरेर घृणाको हदसम्म पनि पुग्नसक्छ । पहिला ‘बाँचे एकै साथ मरे एकै चिहान’ भन्ने प्रेमिल जोडीहरू पनि कालान्तरमा एक अर्काको मुख हेर्न सम्म नरुचाउने पानी बाराबारको स्थितिसम्म पनि आइपुग्नसक्छ !

फेरि लोग्ने स्वास्नी बीचको नितान्त निजी कुरा लोग्ने र स्वास्नीलाई मात्रै थाहा हुने कुरा हो । हामीले अनुमानको खेती लगाउनु नै बेकारको कुरा हो भन्ने लाग्छ मलाई चाहिँ ।

उहाँहरू मात्रै किनरु संसारकै श्रीमान श्रीमती बीच यस्तो दुर्भाग्यपूर्ण घटना कहिल्यै नघटोस् भन्ने कामना गर्छु मैले त ! मैले सोच्दैमा र कामना गर्दैमा रोकिने कुरा पनि होइन फेरि ! तर यस्ता घटना त आज र अहिले मात्रै घटेको त होइन रु परापूर्वकालदेखि नै घट्दै आइरहेको कुरा नै हो । अहिले सामाजिक सञ्जाल र सूचना र प्रविधिको उच्च बिकासले र पहुँचले बढी छ्यालव्याल भएको मात्रै हो ।

उसै पनि छुट्टिनु सुखद् कुरा पक्कै होइन । व्यक्ति दुवै त अनन्त पीडामा रहने नै भए । त्यसका साथै दुवै पक्षका परिवार सहित पनि गहिरो पीडामा रहेका हुन्छन् । यस्तोमा हामीले यस्तो उस्तो भन्नू दुखेको घाउमा थप नुनचुक छर्नुजस्तै हो १ आआफ्ना पीडालाई पीडितले व्यक्त गर्नु नगर्नु त्यो बेग्लै कुरा भयो ! फेरि समाजको लाञ्छना त पुरुषलेभन्दा त हजारौं गुना बढी त महिलाले नै सुन्नु र सहनु पर्ने हुन्छ हाम्रोजस्तो समाजमा ।

दिनरात कलह गरेर पनि घरपरिवार, माइती र समाजको इज्जतका खातिर अशान्तिपूर्वक घर गृहस्थी गरेर बस्नु भन्दा बेलैमा आफ्नो बाटो लागे दुवैलाई राम्रो हुने कुरा हो ! समयले दिएको घाउ समयले नै पुर्छ कुनै न कुनै दिन । अलि समय लाग्ला त्यो बेग्लै कुरा भयो । त्यसैले अहिलेलाई दुवैलाई समयकै खाँचो छ । हामीले यस्तो उस्तै भन्नुको कुनै तुक देख्दिनँ । आआफ्नो जीवन आआफ्नै हिसाबले बाँच्न पाउनु मान्छेको नैसर्गिक अधिकार नै हो ।

हाम्रो जीवनमा पनि भोलि के हुन्छरु भनेर हामीले आज भन्न सक्दैनौं । किनभने कतिपय कुरा मान्छेको हातमा नभइ नियतिमा पनि निर्भर रहने कुरा भएको हुँदा चाहिने नचाहिने टीका टिप्पणी गर्नुको पनि कुनै अर्थ छैन वास्तवमा !

अन्य भित्री कुनै समस्या वा कारणले समझदारी पूर्वक पारपाचुके गर्ने निर्णय गरेका हुन् भने पनि उनीहरू आलाकाँचा पनि होइनन् ! पारपाचुके गरे तापनि फेरि मिलेर वा असल साथी बनेर बस्नै नसकिने नमिल्ने कुरा पनि होइन ?

त्यसैले अहिलेलाई दुवैको आगामी जीवन अत्यन्तै सुखद रहोस् भन्ने कामना मात्रै गर्नसक्छु मैले एउटा शुभचिन्तकको हिसाबले ।
फेरि कुरा यो पनि हो कि, अबका महिलाहरूलाई मानसिक र शारीरिक हिंसा सहेर बस भन्न चाहिँ मिल्दैन हामी कसैले पनि !

वि.सं.२०७६ पुस १० बिहीवार १४:५५ मा प्रकाशित

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

किसानको भविष्य र अनुदानको पुनर्संरचना

किसानको भविष्य र अनुदानको पुनर्संरचना

​नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालन क्षेत्र आज एक...